काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी पूर्वी कमाण्डले अरुण तेस्रो परियोजना सम्बन्धमा सतलज जलविद्युत् निगम लिमिटेड, भारतलाई पत्र काटेको छ ।
भारतको सतलज जलविद्युत् निगम लिमिटेडले नेपालमा अरुण ३ परियोजना निमार्ण गर्ने बारे नेपालको अधिकार प्राप्त संस्थासँग समझदारी पत्रमा हस्ताक्षर गरेको र सो समझदारी नेपालको हितमा नभएको भन्दै अरुण—३ परियोजनाबाट हात झिकेर फर्कन अनुरोध गरिएको हो ।
इन्चार्ज अनिल विरहीको हस्ताक्षर रहेको सो पत्रमा आन्तरिक खपतको लागि आन्तरिक पुँजी परिचालित गर्नुपर्ने, सर्वसाधारण स्थानीयले शेयर लगानी गर्न पाउर्ने, परियोजनाको सव—स्टे शन नेपालमै रहनु पर्ने, तल्लो तथा माथिल्लो तटीय अधिकार नेपालकै हुनुपर्ने लगायतका विषय पत्रमा उल्लेख गरिएको छ ।
पत्रमा नेपाल सरकारले संविधानको धारा२७९ (अन्तरिम संविधानको धारा १५६)लाई छल्दै चोरबाटोबाट नवऔपनिवेशिक शैलीमा भारतीय कम्पनीलाई सुम्पिएको आरोप लगाउँदै भारत सरकार मार्फत अवैधानिक बाटोलाई आत्मसाथ गरेको प्रति आपत्ति जनाएको छ । पत्रमा यस्ता अवैधानिक बाटोबाट हात नझिके नेपालमा भारत विरोधी जनमत बढ्ने र ठूलो लगानी डुब्ने चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया