के भन्छन् सेक्स गुरू ओसोका अंगरक्षक

एजेन्सी : हग माइल्नेका शुरूवाती दिनहरू भारतीय सम्भोग गुरू भगवान श्री रजनीशका एक अनुयायीको रूपमा बित्यो तर उनले प्रेम एवं करूणामा आधारित एक प्रबुद्ध समाजको सपना भने शानदार शैलीमा समाप्त भयो ।

लोकप्रिय नेटफ्लिक्स शृंखला वाइल्ड वाइल्ड कन्ट्रीले चमत्कारिक एवं विवादित रजनीशले भारतको आफ्नो आश्रमबाट अमेरिकाको ओरेगनमा ६४ हजार एकडमा आफ्ना हजारौं चेलाहरूलाई बस्ने गरी एक कम्युनको निर्माण गर्न कसरी निस्के त्यसको दस्तावेजी करण गरेको छ ।

पाँच वर्षको अवधिमा त्यहाँका बासिनहरूसँग  कानुनी भिडन्त तथा तनावको अवस्था रहयो जसमा हत्या, निर्वाचनमा धाँधली, हतियारको तस्करी र आम जनसमुदायमा विषाक्त वातावरण बनाउने जस्ता स्थिति रहयो जनु अझ अमेरिकी इतिहासको सबैभन्दा ठूलो जैविक आतंकको आक्रमण जस्तो छ ।

इडिनबर्गका हग माइलने रहस्यवादी रजनीशसँग करिब एक दशक उनको निकट भएर समय बिताए । त्यतिखेर हगसँग ९० रोल्स रोयस रहेको बुझिएको थियो ।

त्यस अवधिमा रजनीशले उनका गर्लफ्रेन्डसँग सुत्ने गरे र  उनलाई कडा परिश्रम गर्न अभिप्रेरित गरे । धेरै वर्षसम्म हग भगवानका अंगरक्षक भएर सेवा गरे । उनको मुख्य काम उनका अनुयायीलाई स्पर्श गर्नबाट रोक्नु थियो ।

एक दशकको समयमा रजनीशले तीव्रगतिमा आन्दोलनलाई विस्तार गरी २० अनुयायीबाट २० हजारमा पु¥याए । यी २० हजार मानिस पत्रिका किन्न आएका थिएनन् । हग भन्छन् – यी ती मानिस थिए जसले आफ्ना घरवार छोडेका थिए , परिवार छोडेका , सबै त्याग गरेर उनीहरूले साताको ६० देखि ८० घन्टासम्म बिना कुनै पारिश्रमिक उनका दैलामा बसिरहे । यो त्यस किसिमको प्रतिबद्धता थियो ।”

हग अब ७० वर्षका भए । उनको जन्म स्कटल्यान्डका एक मात्र प्राकृतिक शिशु जन्म केन्द्र लानार्कमा भएको थियो ।

जलउपचार(हाइड्रोथेरापी) जस्तो प्राकृतिक उपचार केन्द्रको प्रवद्र्धनका लागेको आफ्ना हजुरबा जेम्स सी थम्पसनले स्थापना गरेको किग्स्टन क्लिनिकसँग जोडिएर रहेको इडिनबर्गमा रहेको आफ्नो परिवारबीच हग हुर्केका थिए ।

ओस्टेपाथको तालिम लिएका २५ वर्षे हग सन् १९७३मा रजनीशका अडियो क्यासेटको उपदेश सुनेपछि भारत हानिए ।

हग भारत स्वामी शिवमूर्तिको नामले भारत गएका थिए । हग भन्छन् –यस्ता चर्चित व्यक्तिसँग जब तपाई भेटनु हुन्छ त्यतिखेर तपाईको अस्तित्वमा विशिष्ट प्रकारको प्रभाव छाडछ ।”
“मैले सोचे कस्तो अनौठो बुद्धिमान, दयालु , पे्रमिल, संवेदनशील व्यक्ति हुन यी । मैले उनको पाउमा बसेर उनी बाट सिक्न चाहे ।”

द गड दैट फेल्ड(असफल इश्वर) नामक पुस्तक भगवानका बारेमा लेखिएको पुस्तक प्रकाशित भएको छ । हग भन्छन् “क्रिस्चियनको संवेदनमा उनी कहिल्यै इश्वर थिएनन् ।”
“धारणा एवं बुझाइको क्षमता भएका विशिष्ट व्यक्तिको रूपमा विकासका एक उच्च व्यक्तिको रूपमा मैले उनलाई हेरे ।”

हग भन्छन्– भगवानले आफ्नो मृत्यु हुन केही वर्ष अघि आफ्नो नाम ओशो राखे । भागवान छेपारा जस्तो थिए । मानिसले उनलाई जे बन्न पर्ने आवश्यकता ठान्थ्यो त्यो बनि दिए ।”
यद्यपि हग भन्छन् “मैले रजनीशसँग वन टु वन भेटेर छलफल गरे । जसलाई दर्शन भनिन्छ । पूरा खुला छलफल । उनलाई भारतमा पहिले धेरै संघर्ष गर्नु प¥यो ।

पहिलो १८ महिनामा भगवान हगका गर्लफ्रेन्डसँग सुत्न शुरू गरे र हगलाई भारतको गर्मी ठाउँमा काम गर्न पठाउने गरे ।
४० वर्षका उमेरमा भएका रजनीशसँग महिलाका लागि विशेष प्रकारको दर्शन हुन्थ्यो बिहान ४ बजे ।

उनले सेक्स गुरूका उपाधि पाएका थिए । उनले सेक्स र सेक्सको चरमआनन्दका बारेमा  आफ्नो प्रवचनमा बोल्ने गर्दथे ।आंशिकरूपमा उनी आफ्ना महिला अनुयायीका साथ सुतेको विषय  सबैलाई थाहा भएको विषय थियो ।

हग स्वीकार गर्छन कि उनी इष्र्यालु थिए  आश्रम छोडिररहने विषयमा विचार गरिरहन्थे तर उनी यो पनि भन्छन् कि यो समयका केही क्षण उनका लागि सर्वोत्तम काम ग¥यो ।
हग भन्छन् “मैले उनलाई एक सेक्स गुरू बुझे । यो पाठयक्रमका लागि सही थियो ।”

“हामी यौनसम्बन्धमा खुला थियौं । धेरै थोरै मात्र एक पत्नी प्रथामा थिए । १९७३को परिदृश्य फरक थियो ।”

उनको गर्लफ्रेन्डसँगको सम्बन्ध एक नयाँ गुणस्तको थियो । विशेष दर्शनपछि  यो थोरै समय रहयो । किनभने भगवानले उनलाई ४सय माइल टाढाको खेतमा काम गर्न पठाए ।
जब हग फर्किए उनी रजनीशका नीजी सचिव मा योग लक्ष्मीका अंगरक्षक बनाइए ।

कुनै अनुयायी वा सन्यासिन दर्शनका लागि अस्वीकार गर्दा  मा योग लक्षमी हिंसात्मकरूपमा आक्रमण गर्ने गरेकी थिइन् । लक्ष्मीले हगलाई भनिन  भगवानको रक्षाको पनि आवश्यकता छ ।

रजनीशले अनुयायीहरूले उनको निकट आउने चाहनालाई अस्वीकार गर्ने विचारबाट आफूलाई असहज हुने गरेको दाबी गरे तर गुरूले उनको पाउलाई छुन खोज्ने वा चुम्बन गर्न खोजे गुरू उठन सक्दैन्थे ।

हग भन्छन् “ यो मलाई अप्रिय लाग्यो ।”

अर्को सात वर्षसम्म हग एक उच्च तहका सन्याशी थिए । उनले भगवानका वरिपरि एक निश्चित पवित्रता कायम गरे । 

अर्को भित्र घेरा मा आनन्द शीलाको थियो । ओरेगन कम्युनको डकुमेन्ट्रीमा उनको व्यापक चर्चा छ । शीला भारतीय थिइन तर न्यूजर्सी कलेजमा पढन गइन र भगवानसँग पढन अघि एक अमेरिकीसँग बिहे गरिन् ।

पुना आश्रमको क्यान्टिन चलाइरहेका बेला हग शीलासँग काम गरे ।जहाँ भगवानका धेरै अनुयायी भए । शीला र हगबीच एक महिना जति निकटम सम्बन्ध रहयो । शीलाका पति रजनीशलाई यो रोक्न नभनेसम्म यो सम्बन्ध रहयो ।

यसपछि शीलाको आचरण हगका लागि समाप्त भयो । यसले हगलाई समस्या भयो ।शीला आश्रमको मर्यादाक्रममा माथि उठिन ।रजनीशकी पर्सनल सेक्रेटरी लक्ष्मीलाई हटाइयो ।

यो शीला थिइन जसले कम्युनबाट ओरेगन जान प्रेरित गरिरहेकी थिइन् । रजनीश भारतमा विवादित भइरहेका थिए । उनले आफू अनुकूलको आदर्श स्थानको विस्तार गर्न खोजेका थिए र दशौं हजारं अनुयायीलाई एक नया कम्युन बनाउन खोजेका थिए ।

शीलाले सन् १९८१मा ओरेगनको बिग मडी रान्च किनिन् र सन्यासिनहरूलाई यहाँ रजनीशले रुचाएको शहर बनाउन काममा लगाइन् । हग भन्छन् “ मैले ओरेगनको छनौटलाई एक गल्ती भन्छु । यो एक भयानक छनौट थियो ।

” स्थानीय कानुनी अधिकारको लडाइ शुरू भयो ।  शीला र एक सानो समूहले उनीहरूको योजनालाई निरन्तरता दिन गर्नसक्ने सबै ग¥यो । यसले राज्य सरकारका अधिकारीहरूलाई मार्नेसम्मको योजना बनाउन अघि एन्टेलोप नजिकका मानिसहरूलाई तर्साउने र डराउने काम ग¥यो ।

७५० मानिसहरूलाई ठेक्कामा लिइयो । निर्वाचनमा धाँधली गर्न सन्यासिनहरूले स्थानीय रेस्टरन्टहरूको सलाद बारमा विष मिलाए ।

अनयुयीहरूले सरकारी अधिकारीहरू आपूmहरूलाई फँसाएको दाबी गरे । तर स्थानीय कानुनको उपचार पाउने उद्देश्यले उनीहरूले आफैमाथि समस्या थोपरेका थिए ।

अप्रिल १९८२मा हगलाई कम्युनको बारेमा शंका हुन थाल्यो । हग भन्छन् ।– यो अब प्रेम करुणा र ध्यानको स्थल रहेन ”

हग ओस्टेपाथको रूपमा रान्चको स्वास्थ्य केन्द्रमा काम गरिरहेका थिए । ८० देखि १०० घन्टा साताको काम गर्ने सन्यासि र सन्यासिनहरू अलग हुन थाले ।

शीलाको निर्देशनमा स्वास्थ्य केन्द्रमा आउने अनुयायीहरूलाई  अमानवीय व्यवहार गर्न लगाइयो । उनीहरूलाई काममा फर्काउन सुई लगाउन थालियो ।

एक समय हगलाई उनको मित्रलाई भेटनबाट रोकियो । जुन मित्रलाई काममा फर्काइएको थियो ।

हग भन्छन् –म सोचे हामी राक्षस बनिरहेका छौं । म अब किन यहाँ बस्नु प-यो ?” हग १९८२को नोभेम्बरमा ओरेगन छोडेर हिँडे ।

त्यसपछि हग मानसिकरूपमा कमजोर भए । के गर्ने के नगर्ने सोच्नै सक्दैन्थे । उनले आफ्नो जीवनलाई नयाँ बनाउन अघि ६ साता मानसिक अस्पतालमा बताए ।

त्यसो भए शीला र उनका समर्थकहरूले के गरिरहेका छन् भन्ने कुरोको जानकारी रजनीशलाई थाहा थिएन र?  हग भन्छन् – रजनीश सबै कुरोको जानकार थिए । यसमा कुनै शंका छैन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?