काठमाडौं : 'बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास' (विम्स्टेक) को चौथो शिखर सम्मेलन अाउँदो भदाैमा गर्न नेपालले प्रस्ताव राखेको छ । यो सम्मेलन नेपालमा अायोजना हुँदैछ ।
मन्त्रीपरिषद्को अार्इतबार बसेको बैठकले भदाैको १४ या २१ गते काठमाडाैंमा दुर्इदिने विमस्टेक बैठक बस्न सदस्य राष्ट्रबीच प्रस्ताव राख्ने निर्णय गरेको हो । नेपाल, वंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड र भुटान विमस्टेकका सदस्यराष्ट्र हुन् । सन् १९९७ मा बंगालको खाडी उपयोग गर्ने राष्ट्रहरूको साझेदारी संगठनका रूपमा विमस्टेकको स्थापना गरिएको थियो ।
सम्मेलन सफल पार्न उपसमिति गठन गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । अहिले विमस्टेकको अध्यक्षता नेपालले गरिरहेको छ ।
व्यापार र लगानी, प्रविधि, यातायात, पर्यटन, कृषि, सांस्कृति आदानप्रदान, वातावरण तथा विपद् व्यवस्थापन, गरिबी न्यूनीकरण, आतंकवाद नियन्त्रण तथा सदस्य राष्ट्रका नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले विमस्टेकको स्थापना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया