माइक्रोसफ्टले गिटहब किन्यो

एजेन्सी : माइक्रोसफ्ट कम्पनीले लोकप्रिय टुल डिभलपर प्लेटफर्म गिटहब किन्ने सहमति गरेको छ ।

यो सम्झौताको खुलासा छिट्टै हुने भएको छ ।

माइक्रोसफ्टले यो कम्पनी कतिमा किनेको हो त्यो खुलाएको छैन् ।

यो कम्पनीकोि बजार मूल्य सन् २०१५मा २ अर्ब अमेरिकी डलर बराबरको थियो ।

गत वर्ष ५अर्ब अमेरिकी डलर बराबरमा बिक्री हुने चर्चा चलेको थियो ।

यो सम्झौताबाट माइक्रोसफ्टले उपभोक्तालाई आवश्यक पर्ने उत्पादन बनाउने अपेक्षा गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?