अलकायदायले साउदी राजकुमार मोहम्मद विन सलमानको सुधारका कार्यक्रमलाई चुनौति दिएको छ ।
अरब प्रायद्विपको अल कायदाको शाखाले साउदी अरबका युवराजले अत्यन्त रुढीबादी साउदी अरबमा गरेको परिवर्तनको आलोचना गरेको हो । सुधारका योजनामा सिनेमा हललाई पुनः सुचारु गर्ने, महिलाहरुमाथि गाडी चलाउन दिने लगायत छन् ।
अलकायदाले राजकुमारले इमानका पुस्तकहरुलाई पूर्व र पश्चिमका नास्तिक र धर्मनिरपेक्षतावादीको बकवासले विस्थापित गरिदिएको आरोप लगाएको छ । यसले भ्रष्टता र नैतिक पतनको फराकिलो ढोका खुलेको आरोप लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया