एजेन्सी । राजधानीबाट ४० किलोमिटर दुरीमा विस्फोट भएको भयानक ज्वालामुखिका कारण ग्वाटेमालामा २५ जनाको मृत्यु भएको छ, सैयौं नागरिक घाईते भएका छन् ।
सो ज्वालामुखि विस्फोटमा परि १७ लाखभन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।
सोमबार बिहानको यो विस्फोट सन् १९७४ यताकै सबैभन्दा ठूलो ज्वालामुखी रहेको सरकारी अधिकारीहरूले बताएका छन् । राजधानीदेखि दक्षिण–पश्चिम क्षेत्रमा रहेको ईल रोडिय गाउँमा यो विस्फोट भएको हो ।
विस्फोटबाट घरसँगै मानिस जलेको र भूकम्पीय धक्काले संरचनाहरू भत्कँदा त्यसभित्र मानिसहरू पुरिएका छन् ।
ज्वालामुखिबाट निस्केको धूलो–धुवाँ र खरानीले आकाश ढाकिँदा अहिले त्यहाँको अरोरा विमानस्थल बन्द गरिएको छ । मानिसको जनजीवन कष्टकर र आतंकित बनेको छ ।
उद्दारकर्ताहरूले आकस्मिक उद्दारको कामलाई बढाएका छन्, मानिसहरूलाई माक्स लगाएर मात्र आवतजावत गर्न भनिएको छ ।
राष्ट्रपति जिम्मी मोरालिजले आपतकालीन उद्धार र खोज कार्य शुरु गरिएको घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया