स्पेनले विश्वकपमा बाजी मार्ला ?

विश्वकप फुटबल इतिहासमा एक पटक विश्व विजेता बने पनि स्पेनलाई निकै बलियो टोलीको रुपमा लिदै आईरहेको छ ।

सन् २०१० को विश्वविजेता र २०१२ को युरो कप च्याम्पियन स्पेनलाई अहिले विश्वकप उपाधीको दाबेदारका रुपमा हेरिएको छ । नियमित अभ्यास र मिहिनेतले नै टिम वा क्लबलाई सफलताको शिखर पुर्याउँछ भने झै यस पटक स्पेनी टोली उपाधी जित्ने दाउँमा रहेको छ । 

स्पेनले पछिल्लो पटक दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपको फाइनलमा नेदरल्याण्डलाई एक—शुन्य गोल अन्तरले पराजित गदै पहिलो पटक उपाधी उचालेको थियो । लगतै सन् २०१२ मा सम्पन्न युरो कपको उपाधी पनि आफ्नो पक्षमा पारेको थियो । सन् १९८२ मा घरेलु भूमीमा आयोजना भएको विश्वकपमा स्पेन समुह चरणबाटै बाहिरिएको थियो । 

यसपटक पनि स्पेनको एउटै लक्ष्य उपाधि जित्ने रहेको छ । जेठ ३१ देखि रसियामा हुने विश्वकपमा स्पेन समूह ’बि’ मा छ ।

 

कठिन समूहमा परेको स्पेनसँगै युरोपियन च्याम्पियन पोर्चुगल, मोरक्को र इरान छन् । स्पेनले पहिलो खेल जुन १५ मा बलियो प्रतिद्धन्दी पोर्चुगलसँग खेल्नेछ । 

स्पेनी टोलीलाई प्रशिक्षक जुलेन लोपेटगुईले सम्हालेका छन् । पुर्व प्रशिक्षक भिसेन्ट गुई बोस्क्यिुको अन्तराष्ट्रिय प्रशिक्षक पदको कार्यकाल समाप्त भएपनि लोपेटगुई सो पदमा नियुक्त भएका थिए । विश्वकपमा प्रशिक्षकले खेलाडीहरुलाई ४,३,३,१ को रणनितीका साथ मैदानमा उत्रादैछन् । 

स्पेनी टिममा विश्वमा प्रभाव जमाएका खेलाडी छन् । डेभिड सिल्भा, थिएगो एल्कान्तरा, सर्जियो बसकुइट्स जस्ता विश्व चर्चित मिडफिल्ड र इस्को, मोराटा र मार्को एसेन्सियो लगायतले फर्वाड सम्हाल्नेछन् । डिफेन्डरमा सर्जियो रामोस, गेरार्ड पिक्यु, डानी कार्भेन्जल र जोर्डी अल्बा जस्ता प्रतिभाशाली खेलाडी छन् । 

उदयमान युवा खेलाडी मार्को एसेन्सिया र सुसो

मार्को एसेन्सिया एक प्रतिभाबान खेलाडीका साथै चर्चित युर्वा एटाकिङ मिडफिल्डर हुन् । चर्चित युरोपियन क्लब रियल म्याड्रिडबाट ब्यवसायिक खेल खेलिरहेका एसेन्सियाले पहिलो पटक विश्वकप खेल्दैछन् ।

२२ वर्षिय एसेन्सियाले सन् २०१६ देखि राष्ट्रिय टोलीबाट खेल खेल्दै आएपनि अहिलेसम्म गोल गर्न भने सकेका छैनन् । टोलीबाट ११ खेल खेलिसकेका एसेन्सियाले विश्वकपमा आफ्नो खेलको जादु देखाउन सके अर्का चर्चित ब्राजिलियन स्टार नेइमारसँग दाज्ने पक्का पक्कि छ । सन् १९९६ मा स्पेनको पाल्मामा जन्मिएका एसेन्सिया आबद्ध भएयता रियल म्याड्रिडले दुई पटक च्याम्पियन लिगको उपाधी जितिसकेको छ ।

त्यस्तै, अर्का युवा खेलाडी सुसो पनि विश्वकपमा डेब्यु गदैछन् । एसि मिलानबाट ब्यवसायिक खेल खेलिरहेका सुसो अरु अनुभबी खेलाडी भन्दा कम छैनन् । सन् २०१७ देखि राष्ट्रिय टोलीमा आबद्ध भएका सुुसोले विश्वकपमा आफ्नो उत्कृष्ठ प्रर्दशन गर्न कुनै कसुर बाकी नराख्ने देखिन्छ । 

एक पटक विश्वकप विजेता भएपनि स्पेनी खेलाडीको खेल कैशल मन नपराउने कमै मात्र होलान् । चर्चित तथा अनुभबी खेलाडीहरुले भरिपूर्ण स्पेनी टोलीले विश्वकपको ट्रफी उचालेको हेर्ने धोको अझै खेलप्रेमीहरु माझ हटेको छैन् । त्यसैले अहिले स्पेन लगायत विश्वमा छरिएर रहेका उनका समर्थक उनको उत्कृष्ठ खेल प्रर्दशन हेर्न चाहान्छन् र विश्वकपको ट्रफी उचालेको हेर्न चाहान्छन् । यस पटकको विश्वकपको ट्रफी स्पेनले जित्न सक्ला वा नसक्ला त्यो भने हेर्न अझै बाकी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?