एजेन्सी : इटलीको नयाँ सरकारका आन्तरिक मामिला मन्त्री माटेओ साल्भिनीले युरोपको शरणार्थी शिविर अब इटली नबन्ने प्रस्ट पारेका छन् ।
अप्रवासीहरूको आगमन घटाउने र आइसकेकालाई फिर्ता पठाउने प्रतिबद्धता व्यक्त गर्दै आन्तरिक मामिला मन्त्री साल्भिनीले यस्तो बताएका हुन् ।
दक्षिणपन्थी समूह लीगका प्रमुख तथा उपप्रधानमन्त्री समेत रहेका साल्भिनीले भने “आप्रावासीहरूको पार्टी इटलीमा समाप्त भयो ।”
सन् २०१४ देखि इटलीको सिसली बन्दरगाहबाट उत्तर अफ्रिकाबाट शरणार्थीहरू प्रवेश गर्दै आएकाछन् ।
पदको सपथ खाएपछि साल्भिनीले त्यस क्षेत्रको भ्रमण गरेका थिए । ६ लाख आप्रावासी इटलीमा आइपुगेका छन् ।
शरणार्थी दर्ता केन्द्रमा आउनेहरूको फोटो र फिंगरप्रिन्ट लिएर पहिचान सुनिश्चित गर्ने काम भइरहेको छ ।
लीगले शरणार्थीलाई इटलीमा राख्न नसकिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया