एजेन्सी : अस्पायरिंग माइन्डसले रोजगारका लागि योग्यता छनौट सम्बन्धी गरेको अध्ययनबाट ९५ प्रतिशत इन्जिनियर सफ्टवेयर डिभलपमेन्टका लागि अक्षम रहेको पता लागेको छ ।
आइटी भेट्रान टीभी मोहनदास पाइले यो अध्ययनलाई बकबास भनेका छन् । मनिपाल ग्लोबल एडुकेसनका अध्यक्ष पाइले यो अध्ययनको परिणामबाट असहमत भएका छन् ।
टेक महिन्द्रा एनएसइका प्रमुख कार्यकारी तथा प्रवन्ध निर्देशक सीपी गुरनानीले ९४ प्रतिशत इन्जिनियरिंग स्नात्तकहरूलाई अक्षम भएको बताए ।
१० टप आइटी कम्पनीले ६ प्रतिशत इन्जिनियरिंग स्नात्तक मात्र काम गर्न सक्षम रहेको जनाएका छन्् ।
नासाकमले सन् २०२२सम्म ६० लाख मानिस साइबर सेक्युरिटीका लागि आवश्यक हुनेछ । तर हामीसँग दक्ष जनशक्तिको अभाव छ ।
अस्पायरिंग माइन्डसले ४.७७ प्रतिशतले मात्र तर्क पूर्ण प्रोग्राम लेख्न सक्ने अध्ययनबाट पता लागेको जनाएको छ । यो कुनै प्रोग्रामका लागि आधारभूत आवश्यकता हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया