एजेन्सी : भारतको केन्द्रिय बैंक आरबीआईले उपभोक्ता संरक्षणको मुख्य उद्देश्य लिएर देशभर वित्तीय साक्षरता सप्ताहको आयोजना गरेको छ ।
बैंकहरूका वित्तीय उत्पादन एवं सेवा, असल वित्तीय अभ्यास र जारी डिजिटल सेवा जस्ता विषयमा जानकारी गराउने उद्देश्यले यो वित्तीय साक्षरता सप्ताहको आयोजना गरिएको आरबीअािईका क्षेत्रीय निर्देशक ईई कारथकले बताए ।
यो सक्षरता सप्ताहबाट उपभोक्ताहरूले विद्युतीय कारोबार र सुरक्षित बैंकिंग सेवाको अनुभव गर्न पाउने छन् । बैंकले सन् २०१७ देखि वार्षिकरूपमा यो कार्यक्रमको आयोजना गरि आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया