काठमाडाैं : ६० प्रतिशत हकप्रद शेयर जारी गरेको अारएसडीसी मार्इक्रोफार्इनान्सको शेयर समायोजित मूल्य ५४३.७५ रूपैयाँ कायम भएको छ ।
यही मूल्यका अाधारमा मंगलबार अारएसडीसीको सेयर कारोबार गर्नुपर्छ । तर, पूँजीगत लाभकरको विवादका कारण लगानीकर्ताले शेयर कारोबार गर्ने कम्पनीहरूमा तालाबन्दी गरिदिने बताएका छन् ।
अारएसडीसीले अाफ्ना शेयरधनीसँग रहेको ५ कित्ता बराबर ३ कित्ता हकप्रद सेयर दिन लागेको छ । हकप्रद शेयरका लागि लगानीकर्ताले प्रतिकित्ताका लागि १ सय रूपैयाँ तिर्नुपर्नेछ । अारएसडीसीले १०० रूपैयाँ प्रतिकित्ता दरमा २१ लाख ५९ हजार ७ सय कित्ता हकप्रद शेयर बेच्न लागेको हो । शेयर बिक्रीका लागि कम्पनीले मंगलबार (अाजै) बुक क्लोज गर्दैछ । एनअार्इबीएल एस क्यापिटलले हकप्रदको बिक्री प्रबन्धकको काम गर्दैछ ।
कम्पनीले कूल चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर बेच्न लागेको हो । हाल ३५ करोड ९९ लाख ५९ हजार रूपैयाँ चुक्ता पुँजी रहेको अारएसडीसीले हकप्रद शेयर बेचेपछि चुक्ता पूँजी ५७ करोड ५९ लाख २० हजार रूपैयाँ पु-याउने लक्ष्य लिएको छ । कम्पनीले चालु अावको तेस्रो त्रैमासमा २ करोड ३० लाख ६७ रूपैयाँ खुद नाफा कमाएको दाबी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया