शेयर कारोबार ठप्प, लगानीकर्ताको धम्कीले काम ग-यो

काठमाडाैं : सरकारले बोनस र हकप्रद शेयरको अंकित मूल्यमै पूँजीगत लाभ कर लगाउने घोषणा गरेपछि अान्दोलनमा उत्रिएका लगानीकर्ताको दबाबका कारण शेयर ब्रोकरहरूले शेयर कारोबार ठप्प पारेका छन् । 

मंगलबार बजार खुलेपनि शेयर कारोबार भने शुरू भएको छैन । शेयर बजारमा लगानी गर्ने तीनवटा विभिन्न संगठनहरूले ब्रोकर कम्पनीहरूलार्इ अाज (मंगलबार) शेयर कारोबार ठप्प पार्न अाग्रह गरेका थिए । अाग्रह लत्याए ब्रोकर कम्पनीमा ताला लगाउने धम्की लगानीकर्ताले दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?