म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलालाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।
रेफ्रीको निर्णयमा प्रश्न उठाएको भन्दै उनलाई च्याम्पियन्स लिगको दुई खेलमा प्रतिबन्ध लगाइएको हो । गत अप्रिल १० मा भएको च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा रेफ्रीको एक निर्णयमा गार्डिवलाले आपत्ति जनाएका थिए ।
आफ्नो बेइज्जत गरेको भन्दै रेफ्री मातेउ लाहोजले गार्डिवलालाई रातो कार्ड देखाएका थिए । सोही कारण युरोपियन फुटबल संघ युईएफएले गार्डिवलामाथि प्रतिबन्ध लगाएको हो । गार्डिवलाले अब आउँदो सिजनको सुरुको एक खेल र अर्को वर्ष अर्को एक खेल गुमाउने छन् ।
गार्डिवलाले भने आफूले रेफ्रीको बेइज्जत नगरेको बताउदै आईरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया