काठमाडौं, २५ असोज–नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोधमा महासंघले बुधवार विरोध र्याली निकालेको छ । महासंघले हत्यारा पत्ता नलगाए महासंघले उपत्यका बन्ददेखि नेपाल बन्द समेत गर्ने चेतावनी दिएको छ ।महासंघको अगुवाईमा बुधबार काठमाडौको माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म निकालिएको र्यालीपछि वानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै महासंघका कार्यावाहक अध्यक्ष विष्णुभाई श्रेष्ठ र सल्लाहकार सुकुन्तलाल हिराचनले गौचन हत्याकाण्डमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कार्र्वाही गर्न माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया