काठमाडौ : इराकबाट शुरू भएको खजुरको खेती अहिले मिश्र, लिबिया, पाकिस्तान, अमेरिका, सुडान, साउदी अरब , भारत र नेपालको तराई प्रदेशमा फैलिएको पाइन्छ । तर नेपालको तराई प्रेदशमा यसको खेतीलाई व्यावसायिकरूपमा गरिएको पाइदैन् । खजुरको उपयोग अचार, जुस, चीनी , स्टार्च र मदिरा बनाउनमा गरिन्छ । यसको हरेक वस्तु उपयोगी हुन्छ ।
खजुरको बिउबाट कुखुराहरूको अहारा तयार गरिन्छ । यसको पातबाट टोकरी, कागज, डोरी र कुच्चो बनाइने गरिन्छ । कतिपय रोगको औषधिको रूपमा खजुरको उपयोग गरिन्छ ।
यसको व्यवसायिक खेती गर्नेहरूले राम्रो आमदानी गरेको पाइएको छ । भारतको राजस्थानको बाडमेर जिल्लाका चाइटन क्षेत्रको आलमसर गाउँका किसान सादुलाराम सियोलले पहिलो वर्षको खजुरको खेतीबाट साढे ३ लाखको आम्दानी गरे ।
खजुरको रूखको उमेर ५० वर्ष भन्दा पनि बढी हुन्छ । यसको व्यवसायिक खेतीका लागि रूखको बीचमा अन्तर राख्नुपर्ने हुन्छ । प्रति हेक्टर यो रूख १६० वटा रोप्न सकिन्छ ।रूख बीचको अन्तर ८ मिटरको हुनुपर्ने हुन्छ ।
जुन क्षेत्रमा यसको खेती गर्ने हो त्यस क्षेत्रमा दुई तीन पटक खनजोत गर्नुपर्ने हुन्छ । त्यसपछि माटोलाई सम्याइ दिनुपर्छ । रूख रोप्नका लागि खनिएको खाल्डोलाई दुई हप्तासम्म खुला रहन दिनुपर्छ । जुलाई देखि सेप्टेम्बर महिनासम्म यसको रोपाइ गर्ने समय सबैभन्दा राम्रो मानिन्छ ।
यति मात्रै होइन खेती गर्ने क्षेत्रमा सिँचाईको राम्रो सुविधा रहेको छ भने यसको खाली ठाउँमा अन्य फसल उमार्न सकिन्छ । कालो चना, हरियो चना, मसुरो, वा अन्य सागसब्जी उमार्न सकिनेछ ।
यसको रूखमा पानी दिनु पर्ने आवश्यकता त्यस क्षेत्रको हावापानीको अवस्था र माटोको आद्रता ग्रहण गर्ने क्षमताको आधारमा तय गरिनेछ । रूखमा आद्रता बनेको रहनु आवश्यक हुन्छ तर रूख सदैब पानी मै डुबेको रहनु हुँदैन् । बर्षाको मौसममा अतिरिक्त पानी दिनुपर्ने आवश्यकता हुँदैन् । वर्षमा ५ देखि ६ पटक यसको सिँचाइ गरिन्छ ।
राम्रो उपज र गुणस्तरका लागि प्रांगारिक मलखादको उपयोग गर्न पर्ने हुन्छ । नाइट्रोजन फोसफोरस र पोटासियमको अनुपात ३० ः२०ः५०मा उपयोग गर्न पर्ने हुन्छ । यसको प्रयोग मार्च र अप्रिल महिनामा गर्न फलदायी हुन्छ । रूखहरूमा पुरूष रूखको संख्या १० प्रतिशतको दरले रोप्नु पर्छ ।
रूख रोपेको ६देखि ७ वर्षमा उत्पादनका लागि तयार हुन्छ । १० वर्ष पुरानो रूखले हरेकवर्ष ५० देखि ६० किलो खजुर उत्पादन गर्छ । खजुरको मूल्य प्रति किलो ४सय देखि ५सयको बीचमा रहेको छ । एउटा रूखको खर्च ५ हजार देखि ६ हजारको बीचमा हुन सक्ने देखिन्छ ।
एक हेक्टरमा १६० रूखको लागत ६ हजारले ९ लाख ६० हजार हुन्छ । एकरूख बाट ३० किलो खजुर एक मौसममा आयो भने ४८०० किलो भयो । यसको न्यूनतम ४सयले १९ लाख २० हजार हुन्छ । एक मौसममा झण्डै दोब्बर भन्दा बढी आम्दानी हुने देखियो । अर्को मौसममा लागत मूल्य घटने गइ फाइदै फाइदा हुने देखिन्छ ।
जनकपुरका चन्द्रदेव यादव भन्छन् – यसबाट बियर जस्तो स्काइ जुस पनि उपलब्ध हुन्छ । यसलाई नशालु पनि बनाइन्छ र यो पौष्टिक पनि हुन्छ ।
उनी भन्छन् अहिलेसम्म हामीले यसलाई नाशाको रूपमा मात्र बुझ्ने गरेका थियौं । तर अन्य फसलका लागि बञ्चर भूमिमा यसको खेती गरी राम्रो फाइदा लिन सकिने देखिएको छ । नीति निर्माताहरूले सजिलो र कम लागतका योजनाहरूमा ध्यान दिनु आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया