बालबालिकालाई समाजसँग जोड्न आवश्यक छ : महामन्त्री थापा

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका हुन् ।

उनले कोरोनाका कारण बुबाआमा गुमाएका बालबालिकाहरुको शिक्षामा कुनैबाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान सुरु गरेको बताएका हुन् ।

महामन्त्री थापाले बालबालिकाहरुमा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउनका लागि र समस्यामा परेका बालबालिकाहरुका उचित शिक्षा दिनको लागि अभियानले काम गर्ने बताए ।

महामन्त्री थापाले भने, ‘यस्तो कुरा एकदमै धेरै मान्छेहरुलाई परेको छ । जसलाई परेको छ, त्यसलाई थाहा हुन्छ । आफ्नो परिवारमा जसले कमाउने मान्छे गुमाएको छ, त्यसको घरमा अरु पनि थुप्रै समस्या हुन्छ । बा,आमासँग मात्रै होइन, समाजसँग पनि घुलमिल हुनुपर्छ । सरकारले आफ्नो ठाउँबाट गर्ने सहयोग छँदै छ । कोरोनाको कारण आमाबुबा गुमाएका वा अभिभावकविहीन बालबालिकाहरुको अध्ययन नरोकियोस् भनेर पवित्र मनबाट सुरु गरेको हो । समाजप्रति भरोसा ल्याउनको निम्ति यो अभियान शुरु गरिएको हो । पारदर्शी तरिकाबाट साथीहरुले चलाउनु हुनेछ । नेपालीहरुले आफैँ मिलेर पनि यस्ते अभियान चलाउन सक्छौँ भन्ने कुरा देखाउने पनि हो ।’

भरोसा छात्रवृत्ति अभियान ७ वटै प्रदेशका २/२ वटा जिल्लामा सुरु हुनेछ । उक्त जिल्लाहरुमा कोरोनाको कारण आमाबुबा गुमाएका विद्यार्थीहरुको शिक्षाका लागि सहयोग गर्ने र आवश्यकताको आधारमा डिसहोमको नेटवर्कबाट छात्रावृत्ति रकम उपलब्ध उपलब्ध गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?