पूर्व विश्व नम्बर एक सर्बियाका नोभाक जोकोभिच जारी फ्रेन्च ओपन टेनिसबाट बाहिरिएका छन् ।
मंगलबारराती सम्पन्न क्वाटरफाइनल खेलमा सर्बियाका जोकोभिच इटालियन खेलाडी मार्को चिचिनाटोसंग अप्रत्यासित रुपमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएका हुन् । पेरिसमा भएको खेलमा २५ वर्षिय मार्कोले लगातार सुरुवाती दुइ सेट आफ्नो पक्षमा पारेका थिए ।
उनले पहिलो सेट ६–३ र दोस्रो सेट टाइब्रेकरमा ७ –६ ले जिते । पहिलो र दोस्रो सेट गुमाएका जोकोभिचले तेस्रो सेटमा भने जित हात पारे । प्रतिस्पर्धात्मक चौथो सेटमा ७२ औं वरियताका मार्कोले बाजी मारे । टाइब्रेकर सम्म पुगेको खेलमा जोकोभिच चुक्दा उनको यात्रा अन्तिम आठमा नै टुंगियो ।
फ्रेन्च ओपन टेनिसको सेमीफाइनल पुग्ने उनी सवैभन्दा कम वरियताका खेलाडी पनि हुन् । १९ वर्ष अघि एक सयौ वरियताका आन्दै मेदभेदेभले यो सफलता हात पारेका थिए । म्याच फिकिसङका कारण सन् २०१६ मा प्रतिबन्धमा परेका मार्को १९७८ यता ग्रान्डस्लामको सेमीफाइनल पुग्ने पुरुष तर्फ पहिलो इटालियन खेलाडी हुन् ।
मार्कोले अब सेमीफाइनलमा अस्ट्रीया डोमिनिक थिमसंग प्रतिस्पर्धा गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया