काठमाडौं । तत्कालका लागि सरकाले हकप्रद र बोनसमा पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्ने भएको छ ।
अर्थ मन्त्रलायमा लगानीकर्ताहरुसँग भएको वार्तामा लाभकर गणना तत्कालका लागि पुरानै विधि गर्न सहमति भएको हो ।
सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुल्लेलका अनुसार सरकारले तत्काल पुरानै विधिबाट लाभकर गणना गर्ने भएको छ । तर, अहिलेसम्म सरकारको तर्फबाट आधिकारीक पत्र भने प्राप्त भएको छैन, उनले भने ।
सरकारको आधिकारीक पत्र प्राप्त भएपछि मात्रै आन्दोदनको अन्तिम धारणा सार्वजनिक गर्ने जानकारी दिँदै संघका उपाध्यक्ष फुल्लेलले भने, सरकार र लगानीकर्ताबीच भएको वार्ताका बारेमा आधिकारीक धारणा आउनेछ ।
त्यस्तै सेयर बजारका लगानीकर्ताहरुले सरकारले गरेको पछिल्लो निर्णयमा आपत्ति जनाउँदै बुधबार धितोपत्र बोर्ड घेराउ गरेका थिए । सोमबार नेपाल स्टक एक्सजेन्ज घेराउ गर्न पुगेका लगानीकर्ताहरु मंगलबार ब्रोकरहरुको गएर कारोबार नै ठप्प पारेका थिए ।
सरकारको निर्णयको बिरोधमा बुधबार बिहानै उनीहरु धितोपत्र बोर्ड घेराउ गर्न पुगेका हुन् ।
पुरानै विधिबाट लाभकर गणना भएमा यसअघि आइतबार र सोमबार भएको कारोबारको पनि राफसाफमा पनि लगानीकर्तालाई मर्का पर्ने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया