नेपाल सेवा लघुवित्त संस्थाको ६ लाख कित्ता नेप्सेमा सूचीकृत

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा केन्द्रीय कार्यालय रहेको नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले ६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको छ । नेपाल सेवाको सेयर कारोबार १ हप्तापछि सुरु हुनेछ । 

यसमध्ये हालै बाँडफाँट भएको १ लाख ८० हजार कित्ता आइपीओ पनि अहिले सूचीकृत भएको हो । 

गत वैशाख १२ गतेदेखि १६ गतेसम्म कुल १ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गरेको कम्पनीले यसमध्ये ३ हजार ६०० (२५) कित्ता कम्पनीका कर्मचारी र ९ हजार (५५) कित्ता सेयर समूहिक लगानी कोषणलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?