युरोपियन फुटबल बजारको मूल्य २२ अर्ब पाउन्ड स्टर्लिंग

एजेन्सी : सन् २०१६–१७मा ठूला पाँच युरोपियन लिग फुटबल प्रतिस्पर्धाले १४.७ अर्ब युरो तदनुसार १२.६ अर्ब पाउन्ड स्टर्लिंग बराबरको आम्दानी गरेको छ । डेलोइटले जनाए अनुसार यो वार्षिक ९ प्रतिशतको बृद्धि हो ।

डेलोइटले युरोपियन फुटबल बजारको मूल्य अब २५.५अर्ब तदनुसार २१.९ अर्ब पाउन्डस्टर्लिंग बराबरको भएको जनाएको छ ।

यसमध्ये इंगलिश प्रिमियर लीग बजारको अगुवा प्रतिस्पर्धा रहेको छ । यसको आम्दानी ४.५ अर्ब पाउन्ड स्टर्लिंग हो ।

प्रिमियर लीगको आम्दानी उसको निकटतम प्रतिस्पर्धी स्पेनको ला लिगाको भन्दा ८६ प्रतिशतले ठूलो छ ।

युरोपेली फुटबल क्लबको मुनाफा र वित्तीय स्थायित्वको हिसाबले नयाँ युगमा प्रवेश गरेको डेलोइटले जनायो ।

एक दशक अघिसम्म प्रिमियर लीगका क्लबहरू मध्ये ६० प्रतिशत जति लाई घाटा हुने गर्दथ्यो । तर २०१६–१७मा सबै  क्लबहरू  मुनाफामा गएको डेलोइट स्पोर्ट बिजनेश ग्रुपका प्रमुख डान जोन्सले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?