खजुरा : आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५’ को तयारी शुरु भएको छ ।
सो प्रतियोगितालाई लक्षित गरी यति बेला भौतिक पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । प्रतियोगितालाई सहयोग र लक्षित गरी विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने क्रम पनि बढेको छ ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अनुसार अहिलेसम्म विकास निर्माणको झण्डै ४० प्रतिशत सम्पन्न भइसकेको छ । नेपालगञ्ज रंगशालालाई अत्याधुनिक बनाउने काम भइरहेको छ ।
त्यसका लागि प्यारापिट बनाउने, ट्रयाक सम्याउने, अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी बनाउने, भारोत्तोलन एकेडेमी बनाउने, जिल्लाको सीतापुरमा भलिबलको स्टेडियम र सुटिङ रेन्ज र कभर्डहल बनाउने काम भइरहेको समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया