सन्धीखर्क : माअोवादीले द्वन्दका क्रममा जिल्ला मालपोत कार्यालयमा अाक्रमण गर्दा जलेका लालपूर्जा वितरण कार्य शुरू भएको छ । माअोवादीले २०५९ भदाै १३ मा सन्धीखर्कमा अाक्रमण गरेको थियो । सो अाक्रमणका क्रममा जिल्ला मालपोत कार्यालयमा अागजनी गर्दा सन्धीखर्कको २ नम्बर वडाका मात्रै ८ सय ४१ जग्गाधनीको लालपूर्जा जलेको थियो ।
लालपूर्जा जलाएको १७ बर्षपछि तत्कालिन माअोवादी युद्दका शैन्य कमाण्डर एवं हालका कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल 'बलदेव' ले अर्घाखाँची पुगेर जग्गाधनीको लालपूर्जा वितरण गरेका छन् । पुन ः नापी गरेर लालपूर्जा वितरण गरिएइको नापी विभागले जानकारी दिएको छ ।
द्वन्द्वका क्रममा माअोवादीले सदरमुकाममाथि गरेको अाक्रमणमध्ये पाल्पा, अर्घाखाँची, सिरहा, संखुवासभा र अछाम जिल्लामा रहेका लालपूर्जा जलेको थियो । अर्घाखाँचीमा अार्थकि बर्ष २०७२/७३ देखि लालपूर्जा जलेका जमिनको पुन ः नापी शुरू गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया