एजेन्सी : विश्वभरिबाट करोडौं व्यक्तिले रोजगारका लागि पठाउने गरेको आवेदनलाई व्यवस्थित गर्ने कम्पनीको प्राविधिक फाइलिंगबाट ती विवरणहरू चोरिएको आंशका गरिएको छ ।
पेजअपको सफ्टवेयरले रोजगार माग्नेहरूको आवेदनलाई व्यवस्थित गरिन्छ । त्यसमा तलव, बैंक विवरण, कर नम्बरलगायतका अन्य संवेदनशील डेटा संकलन गरि राख्ने गरिन्छ ।
यसरी डेटा संकलन गराउने कम्पनीहरूमा अल्डी, क्लिडेस्डेल बैंक र चकलेट कम्पनी लिन्डजस्ता समावेश छन् ।
बेलायतको सूचना आयुक्तको कार्यालय लगायतका डेटा नियामकहरूलाई कम्पनीले जानकारी गराएको छ ।
सूचना र विवरण चोरिएको विषयमा अनुसन्धान गरिरहेको जानकारी सूचना आयुक्तको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया