म्याच फिक्सिङको आरोप लागेका ५ फुटबलर र १ फिजियोलाई विशेष अदालतको सफाइ

म्याच फिक्सिङको आरोप लागेका पाँच अन्तराष्ट्रिय खेलाडीबिरुद्ध दायर गरिएको मुद्दामा विशेष अदालतले सफाइ दिएको छ । 

अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्धय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले  म्याच फिक्सिङको आरोप लागेका खेलाडीहरुलाई बिहीबार सफाइ दिने फैसला सुनाएको हो । नेपाली राष्ट्रिय टोलीका तत्कालीन कप्तान सागर थापा, रितेश थापा, सन्दीप राई, बिकाश सिंह क्षेत्री र अञ्जन खड्काका साथै टिम फिजियो डेजिव थापासमेतले विशेष अदालतबाट राज्य द्रोहको आरोपमा सफाइ पाएका हुन् ।

उनीहरुले सुरुदेखिनै आफूहरु निर्दोश रहेको बताउँदै आएका थिए । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले २०७२ साल असोज २९ गते म्याच फिक्सिङको आरोपमा यी खेलाडीहरुलाई पक्राउ गरेको थियो । कात्तिक २४ मा सबै खेलाडीहरु धरौटी बुझाएर छुटेका थिए ।

अञ्जन केसी र रितेश थापाले समान ५—५ लाख, सागरले १ लाख ५० हजार र अन्यले ५० हजार धरौटी तिरेका थिए । अनुसन्धानपछि २०७२ कात्तिक २२ गते विशेष अदालतमा राज्य बिरुद्धको अपराधमा आरोपी बनाउँदै मुद्धा दायर गरिएको थियो ।

खेलाडीहरु म्याच फिक्सिङ प्रकरणमा मुछिएपछि एशियाली फुटबल महासंघ एएफसीले सबैलाई आजीवन खेल प्रतिबन्धको घोषणा पनि गरेको थियो । यस अधि पुर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक अञ्जन केसी दुई साताअघि मात्रै आईपीएल लगायत अन्य अन्तराष्ट्रिय फुटबल खेलहरुमा  बिटिङ गरेको आरोपमा पक्राउ परेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?