उफ् ! आखिर कहिलेसम्म यो सकस ?

मिति : २०७५ जेठ २२

स्थान : बल्खु, काठमाडौँ

दृश्य नं १कोल्टे ट्रक 

बडेमानको ट्रक गर्लम्म कोल्टेको । ईन्जिनबाट तेल तपतप चुईरहेको । स्थानीय बासिन्दालाई प्रश्न गर्दा उत्तर आयो – “आँखै अगाडि आज बिहान पल्टियो यो ट्रक । बाटो चिप्लो भाको भएर ।” 
यो दृश्य त केवल एउटा उदाहरण मात्रै हो । 

निर्माणाधीन कलङ्की–कोटेश्वर चक्रपथको एक पटक परिक्रमा गर्नुभयो भने यस्ता अनगिन्ती समस्यासँग साक्षात्कार गर्न पाउनुहुन्छ तपाईँले । त्यति मात्रै होइन स्थानीय आजित भईसकेका छन् ।

 लोकपथ टिम रिपोर्टिङ्ग गर्न बल्खुमा पुग्दा देखिएको कुईरीमण्डल धुलोले सोच्न बाध्य बनायो कि हामी साँच्चै महानगरीमा छौँ कि कुनै मरुभूमिमा (घाम लाग्दा) वा सीमसारमा (पानी पर्दा)

 लोकपथ टिम रिपोर्टिङ्ग गर्न बल्खुमा पुग्दा देखिएको कुईरीमण्डल धुलोले सोच्न बाध्य बनायो कि हामी साँच्चै महानगरीमा छौँ कि कुनै मरुभूमिमा (घाम लाग्दा) वा सीमसारमा (पानी पर्दा)  ! 

दृश्य नं २ : घरबाट निस्किँदा सफाचट, अफिस पुग्दा जोगीको भेष !  

 उनी कमला अधिकारी  । सानेपाकी स्थायी बासिन्दा । उनको कार्यालय बल्खु चोक । पल्टिएको ट्रक, वरिपरिको वाक्क लाग्ने दृश्य, धुँवा धुलो र ट्राफिक जामलाई क्यामेराले कैद गर्न लाग्दा उनी आईन् र भनिन्,“जागिरका लागि यही बाटो नहिँडी सुख छैन । तर  बाटोको हालत यस्तो छ ।”

  ‘के छन् त समस्या ?’
बिहान सफाचट भएर अफिस जान निस्कियो एकछिन हिँडेपछि धुलोले पुरिएर, फुस्रै । सारै गाह्रो भाछ । यी यसरी गाडी पल्टिन्छ , पानी परेपछि बाटो हिलो भएर । रुघा, खोकी ज्वरो त सामान्य भइसक्यो । बच्चाहरु साह्रै बिरामी हुन्छन् । उनले आफ्नो दुखेसो पोखिन् ।

स्थान : कलंकी
दृश्य नं ३ : व्यवस्थित तरिकाले काम हुनुपर्यो : नागरिक

श्वास समेत राम्ररी फेर्न नसकिने बल्खु पछि हामी लाग्यौँ कलंकी । कलंकीको हालत उस्तै । पुगेर त्यहाँको भद्रगोल नियालिरहँदा एउटा अँधबैँसे पुरुषहरुको ‘ग्रुप’ अलिक आक्रोशित हुँदै गफ गरिरहेका थिए । “फोन नउठाउन्जेल ट्राइ गरिराख्नुपर्छ नि ।” “कति गर्नु त ! पुरै घण्टी जाँदा नि उठाउँदैनन् ।”

हामीलाई विकास कार्यसँग प्रब्लम होइन । तर, दिनमा कम्तीमा ४ पटक पानी हाल्ने भनिसकेपछि आफ्नो काम त गर्नुपर्यो नि ।”  “मन्त्रीहरुलाई गाडीमा झण्डा फर्फराएर हिँड्दै ठिक्क । सास्ती त हामी सर्वसाधारणलाई नै हो ।” 

कुरा के रहेछ भनी बुझ्नलाई हामीले त्यहाँ मध्येको अलिक टाठोबाठो देखिने मान्छेसँग सोधपुछ गर्यौँ ।
उनको नाम विशाल तामाङ । १८ वर्षदेखि कलङ्कीमा बस्दै आएका ।

उनका अनुसार सडकमा पानी हाल्ने ठेक्का लिएको मान्छेले त उनीहरुको फोन पनि उठाउँदैनन् रे !

बाटो बन्ने नाममा वर्षौदेखि कलंकीबासीले सफा हावामा श्वास लिन पाएका छैनन् । 

उनी भन्छन्– “हो ! बाटो बनाउँदा धुलो उड्नु स्वभाविक हो । हामीलाई विकास कार्यसँग प्रब्लम होइन । तर, दिनमा कम्तीमा ४ पटक पानी हाल्ने भनिसकेपछि आफ्नो काम त गर्नुपर्यो नि ।” 
“मन्त्रीहरुलाई गाडीमा झण्डा फर्फराएर हिँड्दै ठिक्क । सास्ती त हामी सर्वसाधारणलाई नै हो ।” 

दृश्य नं ४ : धुलो र हिलोले गर्दा अन्ब्यालेन्स्ड हुन्छ गााडी : ट्याक्सी चालक

तामाङको आक्रोश सुनेर हामी लाग्यौँ ट्याक्सी स्ट्यान्डतिर । 

यात्रु पर्खेर बसिरहेका अरुण खनाल पनि निक्कै वर्ष भएछ कलंकी बस्न थालेको । भन्छन् – “आँखामा धुलो पसेर साह्रै गाह्रो हुन्छ, ट्याक्सी चलाउन । हिलोमा झन् गाडी चिप्लेर दुर्घटना हुन्छ भन्ने डर । केही भयो भने ड्राइभरको टाउकामा सबै दोष थुप्रिन्छ ।” 

हिजोआज काठमाडौँमा अव्यवस्थित सडकका कारण सवारी दुर्घटना पनि निक्कै बढेको छ । 


 

दृश्य नं  ५ : नाना सबै फोहार हुन्छ : रोमन बस्नेत 

रिपोर्टिङ सकेर स्कुटर स्टार्ट गर्दैगर्दा देख्यौँ एकजना बालक आफ्नो स्कुल युनिफर्म टकटकाउँदै थिए । एल केजीमा पढ्ने रोमन बस्नेत । मैले प्रश्न तेर्साएँ । 

कस्तो लाग्छ धुवाँधुलो ?

उत्तरमा बस्नेत भन्छन्, – “धुलो, हिलो मनपर्दैन । नाना फोहोर हुन्छ ।”   

निर्माणाधीन सडकका कारण काठमाडौँबासीले निक्कै सास्ती खेप्नुपरेको छ । काठमाडौँमा बसोबास गर्ने करिब सबैजना आ–आफ्नो तरिकाले या समस्यासँग प्रत्येक दिन ‘डिल’ गरिरहेका छन् ।

हुन पनि सेतो यूनिफर्म र जुत्ता लगाएर स्कुल हिँडेका विद्यार्थीको कपडा र जुत्ताभरि हिलोका छिटा । अनि स्कुलमा यही कारणले कतिपटक शिक्षकको पिटाई पनि खानुपर्ने अवस्था ।

निर्माणाधीन सडकका कारण काठमाडौँबासीले निक्कै सास्ती खेप्नुपरेको छ । काठमाडौँमा बसोबास गर्ने करिब सबैजना आ–आफ्नो तरिकाले यो समस्यासँग प्रत्येक दिन ‘डिल’ गरिरहेका छन् ।

आखिर कहिलेसम्म ? विकासको नाममा जनताको स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएका यस्ता विषयमा को जिम्मेवार बन्ने ? यो देशमा ठेकेदारले सरकार चलाउने हो कि सरकारले ठेकेदार ? किन हाम्रा अधिकार यसरी हनन भईरहन्छन् ? 

प्रश्न अनगिन्ती छन् । जवाफ छैन ।

सर्वसाधरणहरुको प्रतिक्रिया जस्ताको त्यसतै हेर्न भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?