प्रदेश २ को नीति तथा कार्यक्रम : विद्युत् उत्पादन वृद्धिमा मुख्य जोड

जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । 

बिहीबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षहरुमा विद्युत् उत्पादन वृद्धि गर्दै जाने लक्ष्य प्रदेश सरकारले लिएको बताए ।

प्रदेश २ लाई वैकल्पिक उर्जा केन्द्रको रुपमा विकास गर्ने भन्दै प्रदेश सरकारले ५० मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको उनले बताए ।

‘प्रदेशलाई वैकल्पिक उर्जा केन्द्रको रुपमा विकास गर्न यस वर्ष ५० मेगावाट उत्पादन गर्दै क्रमशः आगामी वर्षहरुमा यसको उत्पादन वृद्धि गर्दै जाने लक्ष्य प्रदेश सरकारले लिएको छ’  नीति तथा कार्यक्रममा भनिएको छ ‘सिंचाईको लागि सौर्य उर्जाको अधिकतम प्रयोग गरिने नीति लिइने छ ।’

त्यस्तै जनकपुर चुरोट कारखाना लिमिटेड क्षेत्रभित्र रहेको प्रादेशिक कार्यालय र निवासमा सौर्य उर्जा जडान गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै ३ वर्षभित्र ३ वर्ष भित्र प्रदेशलाई खुला दिसामुक्त बनाउने, एक घर एक शौचालय कार्यक्रम सञ्चालन गर्ने, वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताललाई हृदयरोग उपचार केन्द्रको रुपमा विकास गरिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा राखिएको छ ।

हेर्नुस् नीति तथा कार्यक्रमको पूर्णपाठ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?