प्रदेश नं १ को प्रदेशसभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं १ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्नु हुनेभएको छ । 

प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्री ओली प्रदेशसभाको जारी अधिवेशनलाई यही जेठ २६ गते सम्बोधन गर्ने जानकारी दिनुभयो । प्रदेश सरकार अहिले नीति तथा कार्यक्रमसँगै बजेटको तयारीमा व्यस्त छन् ।
प्रदेशसभाको अर्को बैठक शुक्रबार बस्दैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?