अनौठो बुद्धको मन्दिर, जुन बनेको छ बियरका बोतलले

दुनियाँ रोचकै रोचकले भरिएको छ । यहाँ विभिन्न रमाइला घटना र किस्सा सुन्न पाइन्छन् ।

एउटा यस्तो बुद्धको मन्दिर छ, जुन मन्दिर इट्टा, ढुंगा या सिमेन्टले बनेको छैन । बरु यो मन्दिरको निर्माण बियरका खाली बोतलले बनाइएको छ यो मन्दिरलाई देखेर इन्जिनियर नै चकित भइरहेका छन् । मन्दिर पूरै बियरका खाली बोतलले बनाइएको छ ।

यस बौद्ध मन्दिरलाई हेर्नका लागि टाढा टाढादेखि मान्छे आउने गर्छन् । किनकि यसका सबैतिरका पिलर समेत बियरका बोतलले नै बनाइएको छ । यो मन्दिर थाइल्याण्डमा छ ।

त्यसो त मन्दिर संसारमा विभिन्न तरिकाले आर्कषक बनाइन्छन् । तर तीमध्ये पनि यो मन्दिरको बढी चर्चा हुने गर्छ । थाइल्याण्डको शिशकेत प्रान्तमा रहेको यो मन्दिरलाई बनाउनका लागि दश लाख बियरका बोतलको प्रयोग गरिएको छ ।

बियरको बोतलले बनाइएको यो मन्दिर केवल नामको मात्र होइन, यो मन्दिरमा बौद्ध भिक्षु पनि बस्दै आएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?