एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिंगापुर शिखर वार्ताको क्रममा विश्वसनीय वातावरण बने उत्तर कोरियाली नेता किम जोंग उनलाई अमेरिका भ्रमणको निम्तो गर्न सक्ने बताएका छन् ।
जापानका प्रधानमन्त्री सिन्जो आबेसँग सिंगापुरमा हुने शिखर वार्ताका बारेमा राष्ट्रपति ट्रम्पले छलफल गरेपछि यस्तो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।
जापानी प्रधानमन्त्री आबेसँगको सो छलफल पछि ट्रम्पले कोरियाली युद्ध समाप्त पार्न सकिने सम्झौताको सम्भावना रहेको बताए । तर त्यसपछिको अवस्था कस्तो हुने त्यो वास्तवमै धेरै महत्व हुने उनले जनाए ।
अमेरिका र उसका क्षेत्रीय सहयोगीहरूले उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई त्याग गरोस भन्ने चाहेका छन् । तर यस विषयमा ट्रम्पले यो लक्ष्य एकै बैठकमा प्राप्त गर्न नसकिने बताए । उनले भने “यो लक्ष्य प्राप्त गर्न समय लाग्न सक्नेछ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया