जापानी प्रधानमन्त्री आबे किमसँग वार्ता गर्ने

एजेन्सी : जापानी प्रधानमन्त्री आबेले उत्तर कोरियाली नेतासँग भेंटगर्ने चाहना व्यक्त गरेका छन् ।

सिंगापुर शिखरवार्ताका बारेमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग छलफल गरेपछि प्रधानमन्त्री आबेले यस्तो चाहना व्यक्त गरेका हुन् ।

उत्तर कोरियाले जापानीहरूलाई बन्धक बनाइ राखेको विषयमा आबेले विशेषरूपले उत्तर कोरियाली नेता किम जोंग उनसँग आमुने सामुने वार्ता गर्न चाहेका हुन् ।

उनले भने “ उत्तर कोरियालसँग आमुने सामुने वार्ता गर्न चाहन्छु ।”

उत्तर कोरियाले सन् १९७० र १९८०को दशकमा कयौं जापानीलाई अपहरण गरेको थियो ।

यो अपहरणको उद्देश्य उनीहरूबाट  उत्तर कोरियाली जासुसलाई जापानी भाषा र रितिथितिको बारेमा तालिम दिलाउनु रहेको थियो ।

उत्तर कोरियाले औपचारिकरूपमा १३ जापानीलाई अपहरण गरेको विषयलाई स्वीकार गरेको भएपनि वास्तावमा यो संख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।

छलफलपछि जापानी प्रधानमन्त्री आबेले उत्तर कोरियाले सही बाटो लिए उसको भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?