क्यानाडा गाँजाको प्रयोग खुला गर्दै

एजेन्सी : क्यानाडाले गाँजाको प्रयोग खुला गर्ने गरी तयार पारेको विधेयकलाई पारित गरेको छ ।

कयानाडाका सिनेटरहरूले गाँजा खुला गर्न बनाइएको विधेयक क्यानाबिस एक्टलाई बहुमतले प्रारित गरेका छन् ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडउले गाँजालाई यो गृष्ममा वैधानिक बनाइ छाडने प्रतिबद्धता व्यक्त गरे ।

विश्वका सम्पन्न सात देशको समूह जी७का पहिलो देश क्यानाडाले गाँजाको प्रयोगलाई खुला गर्न लागेको छ ।

क्यानाडामा औषधि बनाउन गाँजाको प्रयोगलाई सन् २००१ देखि वैधानकि बनाइएको थियो ।

बिहीबार पारित गरिएको यो विधेयकलाई हाउस अफ कमन्समा पठाइनेछ । त्यसपछि त्यहाँ पारित गरिनेछ ।

यो विधेयक कानुन बन्न अझ १२ साताको समय आवश्यक हुन्छ । विश्वमा सबैभन्दा गाँजाको प्रयोगकर्ताहरू मध्ये क्यानाडा अगाडि छ ।

विशेषगरी युवाहरूमा गाँजाका उपयोगकर्ता क्यानाडामा बढी छ । यो कानुन बनाएपछि यसको पालनामा नियमित अनुगमन आवश्यक भएको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?