युनिभर्सल युनाईटेड नेप्लिज तेक्वान्दो फेडरेसन अनटिफको तेस्रो साधारणसभा आज सम्पन्न भएको छ ।
गत साता सम्पन्न साधारणसभाले प्रशिक्षक सन्तोष प्रधानको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति गठन गर्नुका साथै तेक्वान्दो खेल विकासका लागि पाँचबुदे योजना पारित गरेको छ ।
ज्योति एभरेष्ट तेक्वान्दो एसोसियसनको प्रशिक्षण हलमा सम्पन्न साधारणसभाले उक्त पाँचबुदे योजनाअन्तरगत नेपालमा तेक्वान्दो विकासका लागि ग्रामीण क्षेत्रमा रहेका डोजाङहरूलाई खेल सामग्री वितरण गर्ने निर्णय गरेको छ ।
साथै मुलुकका कुना–कुनामा रहेको तेक्वान्दो प्रतिभाको पहिचान गरी पुरिस्कृत गर्न न्युनतम पूर्वाद्धार उपलब्ध गराउने नवनिवाचित अध्यक्ष सन्तोष प्रधानले प्रतिबद्धता जाहेर गरेका छन् । सो अवसरमा उनले वार्षिक रुपमा एकजना तेक्वान्दो प्रशिक्षक र खेलाडीलाई अनटिफ अवार्ड प्रदान गरिने समेत जानकारी दिए ।
तेस्रो साधारणसभाको उदघाटन गर्दै एनआरएन आइसीसीका क्षेत्रिय संयोजक गौरीराज जोशीले तेक्वान्दोको समग्र विकासको लागि खोलिएको अनटिफसँग हातेमालो गरेर अगाडि बढेमा सकारात्मक परिणाम निस्कने दाबी गरेका थिए ।
सो अवसरमा कार्यक्रम सफल बनाउन भूमिका खेल्ने स्थानीय नेपाल समुदायलाई अध्यक्ष प्रधानले धन्यवाद दिए । एनआरएन अमेरिकाका खेलकुद संयोजक चन्द्र लामाले एनटीफलाई आफ्नो तर्फबाट सहयोगको पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया