हिमापातसँगै विद्यालय डेढ महिनाका लागि बन्द

लोकपथ
70
Shares

बाजुरा । बाजुराको हिमाली गाउँपालिका– ३ गुम्बामा रहेको हिमाल भक्ति आधारभूत विद्यालय डेढ महिनाका लागि बन्द गरिएको छ ।

हिमपातसँगै बढेको चिसोका कारण आगामी फागुन पहिलो सातासम्म विद्यालय बन्द गरिएको शिक्षक देवीलाल बुढथापाले जानकारी दिए ।

उनका अनुसार गुम्बामा अहिले पनि करिब दुई फिटसम्म हिउँ जमेको छ ।

चिसोका कारण बर्सेनि विद्यालय बन्द हुँदै आइरहेको छ भने यस वर्ष १६ पुसदेखि फागुन पहिलो सातासम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक भीम गरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?