काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार विराटनगरस्थित होटल हैरिसन प्यालेसमा उक्त सभा सम्पन्न भएको हो ।
सभाले चुक्ता पुँजीको १२ दशमलव ७० प्रतिशत बोनस सेयर तथा शून्य दशमलव ६६८४ प्रतिशत नगद लाभांश गरी १३ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी वृद्धि भई २ अर्ब ५५ करोड २ लाख ८२ हजार १ सय कायम हुनेछ ।
सभाले कम्पनीको संस्थापक र सर्वसाधारण सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिमा संस्थापक सेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।
संस्थापक सेयरधनी समुह ‘क’ बाट श्री केशव प्रसाद भट्टराई, श्री हेमन्त नाहटा,श्री विशाल अग्रवाल तथा श्री विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट श्री कृति टिवडेवाल तथा श्री वीरेन्द्रबाबु श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
साभारणसभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष श्री केशव प्रसाद भट्टराईले गरेका थिए ।
कम्पनीले चालू आव २०७८÷७९ को मंसिर मसान्तसम्म देशभरिका आफ्ना १ सय ३५ शाखा सञ्जालमा रहेका ४९ हजार सात सय १७ अभिकर्ताहरुमार्फत १ लाख २२ हाजार ९ सय ७० बीमालेखबाट २ अर्ब १ करोड ८५ लाख ७१ हजार ३ सय १८ रुपैयाँ बीमाशुल्क आर्जन गर्नुका साथै कुल दाबीभुक्तानी २९ करोड १८ लाख ६७ हजार ३ सय १० रुपैयाँ गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया