काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३५ रुपैयाँ २७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ २५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०६ पैसा छ ।
स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३० रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रीदर ९३ रुपैयाँ ९७ पैसा छ ।
जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३५ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८ रुपैयाँ ७४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्री दर ३१ रुपैयाँ ७३ पैसा छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४१ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ५५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया