‘जेम्स बोण्ड’लाई असल कुटनीतिज्ञ सम्मान

लोकपथ
105
Shares

काठमाडौं । पाँच फिल्ममा ‘जेम्स बोण्ड’को भूमिका निभाएका ब्रिटिस अभिनेता डेनियल क्रेगलाई ब्रिटेनकी महारानी एलिजावेथ–द्वितीयाले असल कुटनीतिज्ञ वा जासुसहरूलाई दिइने सम्मानबाट सम्मानित गरेकी छन् । यो सम्मान आम रुपमा बेलायतमा वास्तविक कुटनीतिज्ञ वा जासुसहरूलाई दिइने गरिन्छ ।

क्रेगलाई ‘कम्पेनियन अफ द अर्डर अफ सेन्ट माइकल एण्ड सेन्ट जर्ज (सीएमजी) बनाइएको छ । महारानी एलिजावेथ–द्वितीयले डेनियललाई यो सम्मान दिएर राजघरानाको परम्परालाई तोडेकी छन् ।

यो त्यही सम्मान हो, जो फिल्ममा काल्पनिक बोण्डलाई दिइएको छ । इंग्ल्याण्डको चेस्टमा बस्ने डेयिनललाई ‘फिल्म र थिएटरमा योगदान दिइएको’ भन्दै यो सम्मान प्रदान गरिएको हो । बोण्ड फिल्मका निर्माता, बारबरा ब्रोकोली र माइकल विल्सनलाई पनि ‘कमाण्डर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर (सीबीई)’ बनाइएको छ ।

यसअघि डेनियललाई युनाइटेड किंगडमको रोयल नेवीमा मानार्थ कमाण्डर नियुक्त गरिएको थियो । डेनियलले ‘नो टाइम टू डाई’, ‘कसिनो रोयल’, ‘क्वान्टम अफ सोलेस’, ‘स्काइफल एण्ड स्पेक्टर’मा जेम्स बोण्डको भूमिका निर्वाह गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?