रसियाले आफ्नो भूमिमा रच्न सक्ला इतिहास ?

फुटबलको महाकुम्भ फिफा विश्वकपको आयोजना रसियामा हुँदैछ । प्रतियोगिता सुरु हुन ५ दिनमात्र बाँकी रहदा सहभागी हुने टिम रसिया प्रस्थान हुने क्रम जारी छ । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । ३२ राष्ट्रलाई आठ समूहमा विभाजित गरेर खेलाउन लागेको विश्वकपका खेल रसियाका विभिन्न शहरका १२ रंगशालामा हुने छन् । सफल विश्वकपको आयोजनासँगै इतिहास रच्ने दाउमा रहेको रसियाले आफ्नो भूमिमा कस्तो प्रदर्शन गर्ला त्यो अहिले सर्बाधिक चासोको विषय बनेको छ । 

रसियाले अहिलेसम्म विश्वकपमा सेमिफाइनल भन्दा माथिको यात्रा तय गर्न सकेको छैन् तर, यो अवधिमा युरोपका अन्य राष्ट्रहरूले भने विश्वकपको उपाधिमाथि कब्जा जमाइसकेका छन् । विश्वकपको उपाधिमाथि कब्जा जमाएका युरोपियन राष्ट्रमा इंग्ल्यान्ड, फ्रान्स, जर्मनी, इटली र स्पेनले एकपटक मात्र नभई पटक–पटक विश्वकपको उपाधि जितिसकेका छन् । 

सन् १९६० मा रसियाले उत्कृष्ट प्रदर्शन गर्दै युरोकपको उपाधि जितेर इतिहास रचेको थियो । त्यसपछि सन् १९६४, १९७२ र १९८८ मा तीन युरोकपको फाइनलमा प्रवेश गरे पनि उपाधी जित्नबाट बन्चित भएको थियो । युरोकपमा जर्मनीपछि सबैभन्दा बढी फाइनलमा पुग्ने रसिया दोस्रो राष्ट्र हो । सन् १९६६ को विश्वकपमा सर्वश्रेष्ठ प्रदर्शन गरे पनि रसियाले अहिलेसम्म विश्वकपको उपाधी उचाल्न सकेको छैन् । विगतका युरोकप फुटबलको उपाधी जितेर सनसनी मच्चाएको रसियालाई यस पटक विश्वकपको प्रमुख दाबेदारको रुपमा पनि हेरिएको छ । 

सन् १९१७ मा भएको ‘रुसी क्रान्ति’ले गर्दा रुसले ओलम्पिक खेलकुदमा सहभागिता जनाएको थिएन । त्यस्तै, सन १९३० मा पहिलोपटक आयोजना भएको विश्वकप फुटबलमा पनि रुसले भाग लिएन । रुसले पहिलो मात्र नभई विश्वकपका सातौँ संस्करणसम्म आफ्नो सहभागिता जनाएको थिएन । यतिबेला विश्व खेलकुदमा रुस अन्य राष्ट्रभन्दा निकै अगाडि थियो । तर, तत्कालीन समयमा विश्वयुद्ध चलिरहेकाले रुसले यसलाई आफ्नो आन्तरिक समस्या भन्दै ओलम्पिक र विश्वकप फुटबलबाट आफूलाई टाढा राखेको थियो । 

सन् १९५८ मा खेलेको रुसले विश्वकपमा प्रभावशाली प्रदर्शन गरे पनि नतिजा भने सन्तोषजनक निस्किएन । लिग चरणका ५ वटा खेलमा रसियाले २ मा जित, १ ड्र र २ मा हारको सामना गर्नुपरेको थियो । उक्त विश्वकपमा रसियाले छैटौँ स्थान प्राप्त गरेको थियो । त्यस्तै, सन् १९६२ को विश्वकपमा पनि रसियाको यात्रा क्वार्टरफाइनलमै गएर टुङगिएको थियो । यो विश्वकपमा पनि रसियाले लिग चरणका ४ खेलमा २ जित, १ ड्र र १ मा पराजयको सामना गर्नुपरेको थियो ।

सन् १९६६ को विश्वकपमा रसियाले शानदार प्रदर्शन गर्दै पहिलोपटक सेमिफाइनलको यात्रा तय गरेको थियो । प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरेको रसिया सेमिफाइनलमा जर्मनीसँग पराजित भएको थियो । सन् १९६६ पछिका विश्वकपको चर्चा गर्दा रसियाको प्रदर्शन निराशाजनक रहेको छ । सन् १९७० मा विश्वको प्रमुख दाबेदार मानिए पनि रसिया क्वार्टरफाइनलसम्म मात्र पुग्न सफल भएको थियो । त्यसपछिका दुईवटा विश्वकप १९७४ र १९७८ मा रसिया छनोट हुन समेत असफल भएको थियो । सन् १९८२ मा विश्वकप फुटबलको आयोजना गर्दै रसिया पुनः विश्वकपमा फर्किएको थियो । आफ्नो घरेलु मैदानमा रुसले चमत्कारपूर्ण प्रदर्शन गर्ने विश्वास गरिए पनि प्रदर्शन सोचेअनुरुप भएन । परिणाम रसियाले सातौँ स्थानमा चित्त बुझाउनुपरेको थियो ।

यसपछिका विश्वकपमा रसियाको प्रदर्शन अझै दयनीय रहेको छ । सन् १९८६ मा १०औँ स्थानमा चित्त बुझाएको रसिया सन् १९९० मा १७औँ, सन् १९९४ मा १८औँ, सन् १९९८ मा छनोट हुन सकेन, सन् २००२ मा २२ औँ, सन् २००६ र २०१० छनोट हुन सकेन र सन् २०१४ मा २४औँ स्थानमा रहेको थियो । यसपटक आयोजक राष्ट्र र घरेलु समर्थकको साथ पाएको रसियाले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ । विश्वकप फुटबलमा आफ्नो घरेलु मैदानमा उत्कृष्ठ प्रर्दशन गदै उपाधी जित्न सक्ला वा नसक्ला त्यो भने आगामी खेलको नतिजापछि थाहा हुनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?