रामपुर- पाल्पाको पूर्वखोला गाउँपालिकाको रिङ्नेरहमा रहेको पूर्वखोला उद्धबुद्ध माध्यमिक विद्यालय तथा कलेजको शैक्षिक गुणस्तर वृद्धिका निम्ति सञ्चालित महायज्ञमा रु दुई करोड ६१ लाखबराबरको आम्दानी भएको छ ।
गत वैशाख ९ देखि १५ गतेसम्म आयोजना भएको महायज्ञमा उठेको जिन्सी तथा नगद गरी रु दुई करोड ६१ लाख ८९ हजार २८४ बराबरको आम्दानी र रु २२ लाख ९७ हजार ७८० खर्च भएको महायज्ञ आर्थिक समिति सदस्य शिवलाल अधिकारीले जानकारी दिनुभयो ।
पूर्वखोला गाउँपालिका वडा नं ३ का अध्यक्ष नीलकण्ठ भट्टराईले महायज्ञबाट उठेको रकम विद्यालयको शैक्षिक तथा भौतिक विकासमा खर्च गर्न सुझाब दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया