नुवाकोटको सातबीसेमा ग्राण्डी अस्पतालको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमडौं । नुवाकोटको तादी गाउँपालीका– ४ सातबीसेमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

शनिबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । सातबीसेका बासिन्दाहरुको घरदैलोमै पुगेर ग्राण्डी अस्पतालले निशुल्क शिविर सञ्चालन गरेको थियो । 

राजधानी काठमाडौंबाट नजिकै पर्ने भए पनि स्वास्थ्यलगायत विभिन्न आधारभूत सुविधाबाट वञ्चित रहेका उक्त क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले ग्राण्डी अस्पतालले स्थानीय संघसंस्थासँग समन्वय गर्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा नवजात शिशुको साथै करीब ९० वर्ष सम्मका वृद्धवृद्धाहरुले सेवा लिएका थिए । समुन्द्रटार कि ७८ वर्षीया सुन्तलीमाया थिङ २ घण्टा पैदल हिँडेर स्वास्थ्य परीक्षण गराउन शिविरमा आइपुगेकी थिइन् । उनी दमरोगले ग्रसीत थिइन् ।

डाक्टरको परामर्श र निशुल्क औषधि प्राप्त गरेपछी उनले खुशी हुँदै भनीन “हामी गरीबलाई उपचार गराउन पैसा छैन, यो शिविरले हामीलाई मद्दत पुर्याएको छ । 

यातायात, विद्युत, खानेपानी र स्वास्थ्य सेवाबाट वञ्चित रहेको यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको ग्राण्डी अस्पतालले जनाएको छ । 

सबैजसो समुदायको बसोबास रहेको यो क्षेत्रमा ग्राण्डी अस्पतालले स्वास्थ्य शिविर सञ्चालन गरेको पहिलो हो । शिविरमा करीब ३०० स्थानीय बासिन्दाले सेवा प्राप्त गरेको अस्पतालले जनाएको छ । 
शिविरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र स्थािनय नुवाकोट सिटी अस्पतालका चिकित्सक टोलीले बालरोग, स्त्रीरोग, हाडजोर्नी, नसारोग, दम र छाती दुख्ने रोगसम्बन्धि परीक्षण गरेका थिए भने लायन्स क्लबले व्यवस्थापन गरेको थियो ।

परीक्षणमा ५ जनामा नसासम्बन्धि  र ३ जनामा फोक्सोको समस्या भेटिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?