मिस गुरुङ इन्टरनेसनलको अडिसन सम्पन्न, असार पहिलो साताबाट प्रशिक्षण सुरु हुने

 

काठमाडौं।  लायन्स इन्टरनेशनल मिस गुरुङ इन्टरनेसनल सिजन टु को काठमाडौ अडिसन सफलतापूर्वक सम्पन्न भएको छ ।

गुरुङ समुदायको कला संस्कृति, भाषा र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना हुन् लागेको प्रतियोगिताको मेगा अडिसन दरबारमार्गस्थित सि डब्लु रेस्टरेन्टमा शनिवार सम्पन्न भएको हो । गरिब, असाह्य तथा पिछडिएका बालबालिकाको निःशुल्क शिक्षा तथा स्वास्थोपचारका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने उद्देश्यले गर्न लागिएको मिस गुरुङ इन्टरनेसनलको आगामी सातामा छनोटमा परेका प्रतियोगिहरुको नाम सार्वजनिक गरिने आयोजक मृगतृष्णा फेशन हाउसकी अध्यक्ष तृष्णा गुरुङले बताइन् । निर्णायकको भुमिकामा लायन्स क्लबका उपाध्यक्ष अनुप पहाडी, संचारकर्मी गणेशमान गुरुङ, नायक तथा निर्देशक प्रितम गुरुङ, डिजाइनर तृष्णा गुरुङ र समाजसेवी सुरज गुरुङ रहेका थिए ।

सो ब्युटी प्याजेन्टको यसअघि नवलपरासीको कावासोती, बुटवलमा, चितवन, पोखरा, लमजुङ र इटहरीको अडिसन कार्य पनि सफलतापूर्वक सम्पन्न भएको थियो ।

हन्ट फर दि आइकन अफ गुरुङ सिभिलाइजेसन मुख्य थिम बोकेको प्रतियोगिताबाट संकलित सबै रकम सामाजिक कार्यमा प्रयोग गरिने गुरुङले जानकारी दिइन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?