भक्तपुरमा स्पेनी नागरिक मृत भेटिए

भक्तपुर : नेपाल भ्रमणमा अाएका एक स्पेनेली नागरिकको मृत्यु भएको छ । 

चाँगुनारायण नगरपालिका–५ तेलकोटबाट पैदल चाँगुनारायणतर्फ जाने क्रममा अार्इतबार स्पेनेली नागरिक ७२ वर्षीया मेर्सेडस मर्ट अचानक बेहोस भएका थिए । उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?