एजेन्सी : विश्वको राजनीतिमा युगान्तकारी परिवर्तन हुन सक्ने अपेक्षा गरिएको सिंगापुरमा आयोजित अमेरिका र उत्तर कोरियाका राष्ट्रप्रमुख बीच हुने शिखर वार्तामा उत्तर कोरियाली नेता किम जोंग उनले गर्ने एजेन्डाबारे उत्तर कोरियाले संकेत गरेको छ ।
मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेंटमा किमले शान्ति कायम गरिरहने एक स्थानीय संयन्त्रको विषयमा छलफल गर्ने भएको उत्तर कोरियाले जनाएको छ ।
यी दुई नेता आइतबार सिंगापुरमा हुने ऐतिहासिक शिखर वार्ताका लागि सेनटोसा पुगिसकेका छन् ।
किमले यो शिखर वार्तालाई सारा विश्वले नियालिरहेको टिप्पणी गरेका छन् भने ट्रम्पले यो भेंटबारे एक राम्रो अनुभव भइरहेको छ ।
उत्तर कोरियाको औपचारिक समाचार पत्रको सम्पादकीयमा अमेरिकासँगको सम्बन्ध सामान्य हुने संकेत गरिएको छ ।
अमेरिकाले उत्तर कोरियाबाट उसले आफ्नो परमाणु कार्यक्रमको त्याग गरोस चाहेको छ । तर यसको साटो अमेरिकासँग उत्तर कोरियाले के माग्ने अझ स्पस्ट भइसकेको छैन् ।
यी दुई नेता सिंगापुर नजिक रहेका दुई छुट्टा छुट्टा होटलमा बसिरहेका छन् । ती दुई होटल एक अर्कासँग निकट रहेका छन् । किम पाँच तारे सेन्ट रेगिस होटलमा बसिरहेका छन् भने ट्रम्प त्यहाँबाट करिब आधा माइलको दूरीमा रहेको साँग्रिला मा बसिरहेका छन् ।
उनीहरू मंगलबार बिहान नेपाली समय अनुसार पौने सात बजे भेट्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति ट्रम्प क्यानाडामा सम्पन्न जी ७को शिखर बैठकमा सहभागी भइ सेनाको विमानबाट सीधा सिंगापुर पुगेको थिए ।
ट्रम्पलाई सिंगापुरका विदेशमन्त्री विवियन बालकृष्णनले स्वागत गरेका थिए ।
किम चीनबाट एक विमान सापटी लिएर विदेशमन्त्री रि योंग हो, प्रतिरक्षा मन्त्री नो क्वांग चोल र बहिनी किम यो इंगसहितको टोली लिएर सिंगापुर पुगे ।
सिंगापुर पुगेपछि मर्सिडिज बेन्जमा बसेर किम अघि पछि गरी २० वाहनको लस्करबनाइ होटलसम्म पुगे ।
उनले सिंगापुरका प्रधानमन्त्री ली सेइन लुंगसँग भेटेर शिखर वार्ता सफल भए सिंगापुरले गरेको यो प्रयास इतिहासमा अंकित हुने विश्वास व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया