एजेन्सी : हालै वैवाहिक सम्बन्धमा बाँधिएका बेलायती राजकुमार ह्यारी पत्नी मेघानसँग पहिलो औपचारिक भ्रमणको रूपमा अस्ट्रेलिया, फिजी, टोंगा र न्यूजिल्यान्ड जाने भएका छन् ।
राजकुमार ह्यारीले विवाह पछिको पहिलो औपचारिक भ्रमण आमाबाबु राजकुमारी डायना र राजकुमार चाल्र्सले शुरू गरेको पहिलो भ्रमणस्थलबाट शुरू गर्न खोजेका हुन् ।
विवाह पछि चाल्र्स र डायनाले पहिलो भ्रमणका क्रममा अस्ट्रेलिया र न्यूजिल्यान्ड गएका थिए ।
सन् १९८३मा चाल्र्स र डायनाले पहिलो भ्रमणका क्रममा २३ हजार ७०१ माइलको भ्रमण ४१ दिनमा पूरा गरेका थिए ।
राजकुमार ह्यारीका दाइभाउजुले सन् २०१४मा विवाहपछिको पहिलो भ्रमण दुई देशको भ्रमण १८ दिनमा पूरा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया