सुन तस्करीका मुख्य अभियुक्त गोरेसहित ३ जनालार्इ काठमाडाैं ल्यार्इयो

काठमाडाैं : २ हजार ८ सय किलो सुन तस्करीका मूख्य अभियुक्त चुडामणी उप्रेती (गोरे) सहित एसएसपी श्याम खत्री र राप्रपा (प्रजातान्त्रिक) का नेता भुजुङ गुरूङलार्इ काठमाडाैं ल्यार्इँदैछ । 

यी तीन जनामाथि सम्पती सुद्दिकरणको मुद्दा चलाउने र थप छानबीन गर्ने प्रयोजनका लागि प्रहरीले काठमाडाैं ल्याउन लागेको हो । सुन तस्करी प्रकरणमा सत्ताधारी र प्रतिपक्षी दलका ठूला नेताको नाम अाएकाले उनीहरूमाथि समेत कारबाही चलाउन वा 'फेससेभ गराउन' सरकारले नै तीन जनालार्इ काठमाडाैं झिकाएको प्रहरी स्रोतले जानकारी दियो । 

तस्करी नार्इकले र प्रमुख हिस्सेदार एवं सहजकर्ता भनिएका गोरे, खत्री र गुरूङलार्इ मोरङबाट १२;४५ बजे उड्ने जहाजमा हालेर काठमाडाैं पठाउन जिल्ला अदालत मोरङले अनुमति दिर्इसकेको छ । गोरेले सुन तस्करीमा प्रमुख लगानीकर्ताका रूपमा एसएसपी खत्री र मोहनकुमार अग्रवालको नाम लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?