कृषिमन्त्री खनालले बालाजुको दुग्ध उद्योगमा छापा मारे

काठमाडौं : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले बालाजुमा रहेको 'आधुनिक डेरी' को उत्पादन केन्द्रमा छापा हानेका छन् । सोमबार बिहानै अनुगमन टोलीसहित बालाजु पुगेका मन्त्री खनालले छापा हान्दा अाधुनिक डेरीले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरिरहेको भेटिएको छ । 

अाधुनिक डेरीले दुग्ध पदार्थको उत्पादनमा असल उत्पादन प्रणाली प्रयोग नगरेको, मिति नै उल्लेख नभएको धुलो पाउडरमा पानी हालेर तरल दुध बनार्इरहेको र सरसफार्इमै ध्यान नदिएको मन्त्रीको टोलीले फेला पारेको छ । दुध बनाउने पाउडरकै उपभोग्य मिति नभेटिएपछि टोलीले पाउडर राखिएको गोदाममा शिलबन्दी गरिदिएको छ । 

मन्त्रीको टोलीले अहिले बालाजु अाैद्योगिक क्षेत्रभित्रका अन्य उद्योगहरूको अनुगमन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?