पत्रकारकी स्वास्नी

पत्रकारकी स्वास्नी सोझी थिई । लप्पनछप्पन नजानेकी । अनुहारमा ढकमक्क तिलकोठी थिए । सोझो पारा की । चरित्रवान् । नौंटकी नजानेकी । तर, उसको लोग्ने त्यस्तो थिएन । चतुरो थियो उट्पट्याङ गर्न जानेको । यताको कुरो घुमाएर उता पुर्याएर मिलाउँथ्यो । पत्रकार जो थियो ।

निर्मला सामान्य परिवारमा जन्मे हुर्केकी थिई । उसको बुबा गाउँका नेता थिए । पार्टीले टिकट दिएका कारण उनको भाग्य चम्केको थियो । दोस्रो संविधानसभाको चुनावमा बुबालाई जिताउन घरदैलो अभियानका क्रममा बुबाको नारा लगाउँदै हिड्ने क्रममा भेटिएका थिए सुरज । 

***

सुरज काठमाडौंको एउटा लोकप्रिय पत्रिकाका सम्पादक थिए । उनको बोली बिक्थ्यो भनौँ । उनी जो सुकै नेतालाई पनि स्टुडियोमा सजिलै ल्याउन सक्थे । एक कल फोनको आधारमा नेता, मन्त्री, पुलिस, सांसद, नेतृ, कलाकार, खेलाडी सबैलाई ‘हुन्छ’ जवाफ निकाल्ने खुबीका कारण उनी प्रधान सम्पादक र मिडिया हाउसका प्रिय पत्रकार थिए । 

निकै संघर्षपछि स्थापित पत्रकारका रुपमा दरिएका थिए सुरज । गाउँबाट दुःख गरेर सहर आएको केटो आफ्नै बलबुतामा सडकदेखि सदनसम्म हल्लाउने ताकत राख्थ्यो । पत्रकारिता उसको बच्चैदेखिको रहर । पत्रकारिता पढेका चाँहि थिएनन् । उनको ९ वर्षको अनुभव काफी थियो सम्पादकको लागि । यो भन्दा महत्वपूर्ण कुरा उनी स्थापित पत्रकार थिए । 

चुनावको सरगर्मी बढेका बेला सुरजलाई भ्याईनभ्याई हुन्थ्यो । जस्तो नेताहरुलाई हुन्थ्यो । घरी ठेकेदारको फोन, घरी प्रहरीको, घरी तस्कर त घरी कार्यालयको । उनको व्यस्तता

३२ वर्षको ? हुँदैन । केटो बुढो छ । निर्मलाकी आमाले असन्तुष्टि राखी । देवदासले भने, “‘हाई प्रोफाईल’ बना’को छ । मेरो राजनीतिक ‘करिअर’ मा पनि सजिलो हुन्छ । केटो इमान्दार छ । ब्राण्डेड रक्सी मात्रै पिउँछ । छोरामान्छेको जुत्ता र रक्सीको ब्राण्डले पनि मान्छे चिनिन्छ क्या ! यस्तो ‘रेप्युटेड जर्नलिस्ट’ लाई छोरी दिँदा छोरीको मात्रै होईन हाम्रो पनि भाग्य चम्किन्छ बुढिया ।” उसले ढुक्क भएर भन्यो । 

यति बढेको थियो कि उनले आमाबाबुलाई ‘मदर्स डे’ र ‘फादर्स डे’ मा सिमित पारेका थिए । देवदास निर्मलाका बुबा हुन् । उनै नेताको निमन्त्रणामा पत्रकार सुरज निर्मलाको घर गएका थिए । ४ दिन बसे । यही बसाईमा सुरज र निर्मलाबिच प्रेम अङ्कुरण भएको थियो । 

३२ वर्षको ? हुँदैन । केटो बुढो छ । निर्मलाकी आमाले असन्तुष्टि राखी । देवदासले भने, “‘हाई प्रोफाईल’ बना’को छ । मेरो राजनीतिक ‘करिअर’ मा पनि सजिलो हुन्छ । केटो इमान्दार छ । ब्राण्डेड रक्सी मात्रै पिउँछ । छोरामान्छेको जुत्ता र रक्सीको ब्राण्डले पनि मान्छे चिनिन्छ क्या ! यस्तो ‘रेप्युटेड जर्नलिस्ट’ लाई छोरी दिँदा छोरीको मात्रै होईन हाम्रो पनि भाग्य चम्किन्छ बुढिया ।” उसले ढुक्क भएर भन्यो । 

***

सुरज र निर्मला फेसबुकमा ‘कनेक्ट’ भए । म्यासेन्जर, भाईबरमा दिनदिनै कुरा हुन थाल्यो । निर्मला यो कारण मख्ख थिई कि आमाबाबुको लागि समय दिन नभ्याएको सुरज मेरो लागि यसरी समय व्यवस्थापन गरिरहेको छ । 

‘तिमी आफ्टर म्यारीज’ पनि हट पेन्ट लगाएर हिँड है यो कुर्तासुर्ता मलाई मन पर्दैन । विवाह हुनुभन्दा अगाडि सुरज भनिरहन्थ्यो । 
‘हुन्छ।’ निर्मला गमक्क पर्थी ।   
सुरजले मुड बनाएर निर्मलालाई कल गर्न थाल्यो । भिडियोमा आउन  भन्न थाल्यो । म्यासेन्जरमा नयाँ नयाँ फोटो पठाउन भन्न थाल्यो । १० महिना  बित्यो ।भेट हुने बित्तिकै बिहा भएको भए एउटा घोर्ले छोरो जन्मिसकेको हुने रहेछ है ? सुरजले ठट्यौली पारामा मनको वह पोख्यो । 
निर्मला लजाई मात्रै । 

***
अब फागुन लाग्यो । निर्मला र सुरजको विवाहको  कुरा पक्का भयो । निर्मलाले सोचेकी थिई, ‘सुरज असाध्यै पावरवाल छ । मैले ब्याचलर गरिहालेकी छु । लाईफ ‘वन्डरफुल’ बनाउँछु ।’ फागुन २३ गते उनीहरुले लगनगाँठो कसे । 

***

निर्मला पुलकित भईरहेकी थिई कारण थियो उसले पत्रकार श्रीमान पाएकी थिई । पत्रकारले नेतादेखि सबैजनासँग सम्पर्क राख्न सक्छ । हो, आवाज विहिनहरुको आवाजको साथी  सुरज थियो उ सँग । उनीहरुले हनिमुन साँच्चै ‘स्पेशल’ बनाए ।

उनीहरु हनिमुनको लागि मुस्ताङ लागे । सुरजले मुस्ताङको फोटोफिचर र केही डकुमेन्ट्री निर्मलालाई देखाएको थियो । निर्मला पुलकित भईरहेकी थिई कारण थियो उसले पत्रकार श्रीमान पाएकी थिई । पत्रकारले नेतादेखि सबैजनासँग सम्पर्क राख्न सक्छ । हो, आवाज विहिनहरुको आवाजको साथी  सुरज थियो उ सँग । उनीहरुले हनिमुन साँच्चै ‘स्पेशल’ बनाए ।

निर्मलाले म्यारिज, पोस्ट म्यारीज र हनिमुन स्पेशल ड्रेसअप सुरजकै च्वाईसमा युट्युवमा खोजेर जोरजम्मा पारेकी थिई । उनीहरुले फोटो र भिडियो टन्नै खिचे । १३ दिनको मुस्ताङ बसाईपछि उनीहरु राजधानी फर्के । सुरजको किस्ता तिर्न बाँकी एउटा घर एउटा गाडी थियो । केही बैंक ब्यालेन्स । अब उसले रोजेर विवाह गरेकी निर्मला सबथोक बनेकी थिई ।

***

उनीहरुको वैवाहिक जिन्दगी सुरु भयो । 

विवाहको पहिलो वर्ष सुरज असल श्रीमान् थियो ।

विवाहको एक वर्ष उनीहरुको सम्बन्ध ठिकठिकै थियो । 

***
विवाहको दोस्रो वर्षबाट सुरु भयो महाभारत ! 

निर्मलाले विवाहको पहिलो वर्ष नै सुुरजका धेरै खराब आचरणहरु थाहा पाएकी थिई । मिडिया हाउसले समयमा तलब नदिने समस्या त छँदैथियो । भएको पैसा पनि सुरज मोजमस्तीमा उडाउँथ्यो । उसका एक दर्जनजति त ‘डाईहार्ड गर्लफे्रन्ड’ थिए । अघिपछि गरिरहने किसीमका । 

सुरजको फ्यान र फलोअर्स यति धेरै थिए कि उसलाई बाटोमा भेटेर सेल्फी खिच्नेहरु भेटिन्थे, हरेक दिन । दुनियाँका लागि दमदार सुरज स्वयम् आफ्नो लागि धमिरा लागेको काठ बराबर थियो ।  सुरजलाई ‘ह्याण्डसम’ भएर हिँड्नुपथ्र्यो । ‘बरु छाक छोडिन्छ तर राम्रै लाउने हो ।’ सुरजको आफ्नै सिद्धान्त थियो । तर, निर्मला विल्कुल असहमत थिई ।  सुरजका बा आमा झिटिकुन्टि बोकेर सहर आउन लागेका छन् । यो विषम परिस्थितिमा पनि सुरज एक महिनामा घर चलाउन पुग्ने खर्च एक दिनमा दरबारमार्गको क्लबमा सिध्याउँछ । निर्मलाले सहनु पनि कसरी ?  

घरको ‘बैंक लोन’ तिरि सकिएको थिएन । गाडीको किस्ता, घरखर्च, माईतीमावल, ईष्टमित्र, चाडवर्प, पाहुनापाछा निर्मलाले यी सबै कुरा व्यवस्थापन गर्न सकिरहेकी थिईन । घर नजिकैको किराना पसलेले समेत अब उनीहरुलाई गन्न छोडेको थियो । निर्मलाले विवाहको समयमा जोडेका सबै गहनापात बिक्री भइसकेको थियो । अब निर्मलाको लागि माईतीघर बिरानो हुन थाल्यो ।

सुरजको फ्यान र फलोअर्स यति धेरै थिए कि उसलाई बाटोमा भेटेर सेल्फी खिच्नेहरु भेटिन्थे, हरेक दिन । दुनियाँका लागि दमदार सुरज स्वयम् आफ्नो लागि धमिरा लागेको काठ बराबर थियो । 
सुरजलाई ‘ह्याण्डसम’ भएर हिँड्नुपथ्र्यो । ‘बरु छाक छोडिन्छ तर राम्रै लाउने हो ।’ सुरजको आफ्नै सिद्धान्त थियो । तर, निर्मला विल्कुल असहमत थिई । सुरजको गाउँको घरबारी बैंकमा छ ।

सुरजका बा आमा झिटिकुन्टि बोकेर सहर आउन लागेका छन् । यो विषम परिस्थितिमा पनि सुरज एक महिनामा घर चलाउन पुग्ने खर्च एक दिनमा दरबारमार्गको क्लबमा सिध्याउँछ । निर्मलाले सहनु पनि कसरी ?  

***
सुरुमा उसले श्रीमान्लाई खुबै सम्झाईबुझाई गरी । झगडा नगरौँ भनी । श्रीमान्को खुट्टा समातेर अनुनय विनय गरी । सुरजलाई आफ्नो ‘भर्सटाईल स्टाईल’ चेन्ज गर्नु थिएन । एक हिसाबले सुरजको फ्यान थिई निर्मला । उसको शो हेरेर उ भरिपूर्ण भएको महसुस गर्थी । तर के गर्नु भोको पेट हाँस्न नजान्दो रहेछ ! उ मनमनै चिमोटिन्थी । 

विवाहको दोस्रो वर्षमा बाबुको मुख हेर्ने दिन आयो । निर्मलाले विविध कारण देखाउँदै माईतीघर नआउने बताई । माईतीमा पर्यो कि, ज्वाईसाप बिजी होईसिन्छ । त्यसैले आईसेन । एकदिन सुरज नुहाउन जाँदा निर्मलाले उसको मोबाईल हेरी । मोबाईलमा हुरुरु.. आएका म्यासेजबाटै उसले थाहा पाई कि सुरज उसको मात्रै श्रीमान् थिएन । 

दिनप्रतिदिन सुरजमा अनेक फरकहरु देखिन थाले । सुरजको फोन चौबिस घण्टा बज्थ्यो । राति अबेर घर फर्कने । बिहान अबेर उठ्ने । प्राय बाहिरै खाना खाने । झर्किने, अस्तव्यस्त पारा, अस्वभाविक व्यवहार देखाउने । पार्टीमा गएको भन्दै युवतीहरुसँग मस्ती गर्न पल्केको सुरजले निर्मलालाई सुन्ने कुनै फुर्सद निकालेन । निर्मला अवाक् भइसकेकी थिई । 

विवाहको दोस्रो वर्षमा बाबुको मुख हेर्ने दिन आयो । निर्मलाले विविध कारण देखाउँदै माईतीघर नआउने बताई । माईतीमा पर्यो कि, ज्वाईसाप बिजी होईसिन्छ । त्यसैले आईसेन ।
एकदिन सुरज नुहाउन जाँदा निर्मलाले उसको मोबाईल हेरी । मोबाईलमा हुरुरु.. आएका म्यासेजबाटै उसले थाहा पाई कि सुरज उसको मात्रै श्रीमान् थिएन । 

केहि दिनमै उनीहरुबिच हात हालाहाल स्थिति आयो । झगडा नपरेको दिन हुँदैनथ्यो । सुरज अबेरसम्म रक्सी खाएर आफैँ कार ‘ड्राईभ’ गथ्र्यो जुन कुरा निर्मला सुन्न समेत सक्दैनथी । सँगै खाना खाने भनेर घरमा बसेकी श्रीमतीलाई मोजा खोल्न लगाएर उ खाटमा पल्टिन्थ्यो र मोबाईल थिच्थ्यो । घण्टौँ खाना खान पर्खेर बसेकी श्रीमती, श्रीमान् र परस्त्रीको सम्वाद सुन्दै खान विवश थिई ।

उसको लोग्ने आयो । उसले मात्तिने गरी पिएको  थियो । ११ बजे सुतिरहेकी श्रीमतीलाई बिउँझाएर ढोका लगाउन निर्देशन दियो । निर्मला यो सब मान्न तयार थिई । तर, आज उ श्रीमानसँग कुनैपनि सम्बन्धका लागि तयार थिईन । कारण उसलाई ज्वरो आएको थियो । तर, सुरजले मानेन । निर्मलालाई असह्य पिडाबोध भयो । उसले आफू बलात्कारमा परेको महसुस गरी ।  गुहार .... निर्मला चिच्याई ।  उसको लोग्नेले उसलाई जुरुक्क उचालेर खाटमा पछार्यो र बेस्सरी कुट्यो । अनि आफ्नो उत्तेजना शान्त पार्यो । 

सुरजले कहिल्यैपनि निर्मला के चाहन्छे भनेर बुझेन । बरु ‘स्मार्ट’ पत्रकारको ढोंग मात्रै रच्थ्यो । अब विवाहदर्ताको कागजमा मात्रै पत्रकारकी अर्धाङ्गिनी थिई, निर्मला । 
सुरजको फेसबुक, ट्विटर, ह्वाट्सएपमा फलोअर, फ्रेन्ड टन्नै थिए । उसको टक सो उतिकै लाईक हुन्थ्यो । सेयर पनि । उ यतिमै मख्ख थियो । एकदिन निर्मला खाना खाईवरी सुतेकी थिई ।

उसको लोग्ने आयो । उसले मात्तिने गरी पिएको  थियो । ११ बजे सुतिरहेकी श्रीमतीलाई बिउँझाएर ढोका लगाउन निर्देशन दियो । निर्मला यो सब मान्न तयार थिई । तर, आज उ श्रीमानसँग कुनैपनि सम्बन्धका लागि तयार थिईन । कारण उसलाई ज्वरो आएको थियो । तर, सुरजले मानेन । निर्मलालाई असह्य पिडाबोध भयो । उसले आफू बलात्कारमा परेको महसुस गरी । 

गुहार .... निर्मला चिच्याई । 
उसको लोग्नेले उसलाई जुरुक्क उचालेर खाटमा पछार्यो र बेस्सरी कुट्यो । अनि आफ्नो उत्तेजना शान्त पार्यो । 

निर्मलाले रुँदै भनी, “डिभोर्स गर्छु” 
“व्यर्थैको फुर्ति किन लाउँछेस् पागल्नी ? तेरो बाउको सम्पत्ति हो र ? ” सुरजले लात्ति बजार्यो । 
लात्ति त्यही अंगमा बज्रियो जहाँ सुरजले २ वर्ष अगाडि देखिएन अलि तल सार भन्दै जिद्धि कसेको थियो । निर्मलाले मर्ने निधो गरी । 

***

जुन बेलामा उ होस् मर्दिन भन्ने सोच्थी त्यो बेला आफ्ना समस्याका पहाडले थिचिएको सम्झन्थी । उ साँच्चीकै चेपुवामा थिई । घरमा भएका कुनै पनि कुरा कसैलाई भनेमा सुरजले दिनदिनै तलमाथि हुनसक्ने धम्की दिन्थ्यो । निर्मला एकोहोरीन थाली । माईत जाउँ भने आमालाई चिन्ता हुने । बाबालाई भनूँ  राजनीतिमा पनि ह्याम्पर पर्न सक्ने । 

भोलिपल्ट ...
कुकरले तेस्रो सिठ्ठी बजाएको थियो । सुरज कुम उचालेर फोन कानमा च्याप्दै कुरा गर्दै बाहिर निस्कियो । उ घरबाट निस्किँदै गर्दा निर्मलालाई भन्न मन थियो, “भोकै नजानु सँगै खाना खाऔँ ।” फेरि सोची अब म मर्दैछु के मतलब ? तर, उसले मतलब नगर्न सकिन । श्रीमानलाई खाना खाएर जान भनी । सुरज नमानी हिँड्यो ।  

***
निर्मला तानाबाना बुनेर बसिरहेकी थिई । घरी नेताको छोरी थिएँ भन्दै घोस्से मुन्टो लगाउँथी त घरी सुरजको क्रेज र आफूबिचको दुरी सम्झेर दुख्थी । निर्मला त्यो बेला अझ तीनछक परी । जब सुरज टेलिभिजन स्क्रिनमा महिला अधिकारको ‘ईस्युजमा’ घोक्रो फुलाएर बोलिरहेको थियो । आदरणिय दिदिबहिनी हिंसा नसहनुस् । तपाई समस्या लिएर आउनुहोस् । हामी तत्काल समस्या समाधान गर्न सम्बन्धित निकायलाई खबरदारी गर्छौ । 

उसले ‘स्क्रिनमा’ नम्बर दिईरहेको थियो यदि तपाई कुनैपनि किसिमको महिला हिंसा दुव्र्यवहारमा पर्नुभएको छ भने सिधा सम्पर्क गर्नुहोस् । हाम्रो स्टुडियोको टेलिफोन नम्बर ०१–४०...... ।

निर्मलाले उसको पतिले थामिनसक्नु पीडा दिएको सम्झी र स्टुडियोमा फोन लगाई । उसलाई भन्न मन थियो थुक्क ! पत्रकार तँ होस् पापी त ! तर उसले के सोची कुन्नी ! उ रोईकराई गरी । र अर्कै नाममा आफूलाई परेको समस्या छताछुल्ल पारी । सुरजले यो आवाज पहिले कतै सुनेको हुनुपर्छ नरोइकन भन्नुस् भन्दै आग्रह गर्यो । अनि आफूपनि गम्भीर भएर आशु झार्यो ।  

‘कलरको’ पिडा सुनेसँगै सुरजले आँखाको डिलबाट गुड्दै गरेका आँशु क्यामेरामा कैद गरायो । उ भावविह्वल भयो । निर्मला अर्थात् आफ्नी श्रीमतीलाई चिनेन । तर आफ्नो ‘कलर’लाई न्याय दिने सम्बन्धमा प्रहरीसँग पक्कापक्की कुरा गर्यो । अनि टेलिभिजन स्क्रिनबाट बिदा लियो । भोलिको ‘शो’ मा ति महिलालाई न्याय दिलाएर स्टुडियोमा बोलाउने वाचासहित । 

***
निर्मलालाई थाहा थियो आत्महत्या गर्नेहरु हरुवा हुन् । काँतर हुन् । लाछी हुन् । आलाकाँच्चा हुन् । आत्महत्या गर्नेलाई पनि कठै भन्नु ?
तर समय यस्तो आयो असह्य भएपछि उनले जानेबुझेका यी बुँदाले उनैलाई रोक्ने सामर्थ्य गुमायो । त्यही दिन निर्मलाले सलको पासो लगाएर प्राण त्यागी । 

***

स्टुडियोका लाईटहरु एकपछि अर्को गर्दै मधुरा भए अनि निभे । 

*** 

1 Comments

  • हरुवा हुन् । काँतर हुन् । लाछी हुन् । आलाकाँच्चा हुन् । आत्महत्या गर्नेलाई पनि कठै भन्नु ?

Leave a comment