बुधबारदेखि एनएमबी बैंकको एफपीअो खुल्दै, प्रतिकित्ता ३३३ रूपैयाँ

काठमाडाैं : एनएमबी बैंक लिमिटेडले भोली (बुधबार) देखि असार ३ गतेसम्म १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीअो बिक्री खुलाउने भएको छ । १ सय रूपैयाँ अंकित मूल्यमा २ सय ३३ रूपैयाँ प्रिमियम जोड्दा हुन अाउने ३३३ रूपैयाँमा प्रतिकित्ता शेयर खरिद गर्न सकिने बैंकले जानकारी दिएको छ । 

 शेयर खरिदकर्ताले घटीमा १० कित्तादेखि बढीमा ५७ हजार ७० कित्तासम्म खरिद अावेदन दिन सक्नेछन् । सी-अास्वा सदस्य रहेका सवै बैंक तथा वित्तीय संस्थाबाट शेयर खरिद गर्न सकिने बैंकले जनाएको छ । संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व ५१:४९ अनुपातमा मिलाउन बैंकले एफपीअो जारी गर्न लागेको हो ।

असार ३ गतेसम्म एफपीअोको पुरै संख्यामा अावदेन नपरे असार २८ गतेसम्म विक्री अवधि थप्ने बैंकको तयारी छ । एफपीअो खरिद-बिक्रीका लागि नागरिक लगानी कोषलार्इ बिक्री प्रबन्धक तोकिएको छ । 

हाल एनएमबीको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ रहेकोमा एफपीओ बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँ पुग्नेछ । एनएमबीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ २१ पैसा छ । चालु अार्थिक बर्षको तेस्रो त्रैमासमा एनएमबीले १ अर्ब ४१ करोड १६ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?