सिन्डिकेट लादेको सामाखुशी यातायात ‘लार्इन’ मा अायो

appharu
0
Shares

काठमाडौँ : सामाखुशी यातायात व्यवसायी समितिले गोंगबुदेखि सिनामंगलसम्म ५० सिटे ठूला बस सञ्चालन गर्ने भएको छ । यो समिति  सिन्डिकेट लादेर यात्रुलार्इ सास्ती दिने काम गरेपछि सरकारी कारबाहीका कारण अालोचित छ । 

७ करोड रूपैयाँ लगानीमा समितिले १७ वटा बस सञ्चालन गर्न लागेको हो । असार पहिलो साता १० वटा  र त्यसपछि क्रमश : ७ वटा बस सञ्चालन गर्ने समितिले जनाएको छ । भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको दिगो सार्वजनिक यातायात सेवामार्फत यो समितिले ठूला बस सञ्चालन गर्न लागेको हो । 

ठूला बस सञ्चालन गर्न लागेको यो समिति अब कम्पनीमा दर्ता हुनेछ । कम्पनीले नयाँ बसपार्क हुँदै गोंगबु, गल्कोपाखा, लैनचाैर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्मको खण्डमा ठूला बसमार्फत यात्रुलार्इ सेवा दिने दाबी गरेको छ ।

हाल सामाखुशी  क्षेत्रमा चल्ने मार्इक्रोबसलार्इ अन्यत्र स्थानान्तरण गरि सोहि रूटमा नयाँ बस सञ्चालन गरिने कम्पनीले जनाएको छ । हाल यो रूटमा २६ वटा मार्इक्रोबस सञ्चालनमा छन् । यो रूटमा ठूला बस सञ्चालन गर्न एशियाली विकास बैंक (एडीबी) ले १ करोड ९० लाख रूपैयाँ अनुदान प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?