पोखरा । नाटक ‘द अग्ली डकलिङ’ (कुरुप हाँस) पोखरामा मञ्चन हुने भएको छ । कलाकार नाजिर हुसेनले नाटकको परिकल्पना एवं निर्देशन गरेका हुन् ।
नाटक मञ्चनका लागि नाजिर हुसेनको टिम पोखरा पुगेको छ । काठमाडौंको मण्डला थिएटरमा मञ्चन गरिएको यो नाटक डेनिस लेखक हेन्स क्रिश्चियन एन्डरसनको कथा अग्ली डकलिङ कथामा आधारित छ ।
पोखरा गैरापाटनस्थित पोखरा थिएटरमा नाटक मञ्चन हुँदैछ । नाटकमा सेता हाँस र कालो हाँसबीचको विभेदलाई बिम्बात्मक रुपमा प्रस्तुत गर्न खोजिएको छ ।
संवादको प्रयोग नगरिएको उक्त नाटकमा हाँसको माध्यमबाट समाजको रुप, जात, धर्म, लिंगका आधारमा गरिने विभेदलाई उठान गरिएको निर्देशक नाजिर हुसेनले बताए ।
नाटकमा नाजिर हुसेन, मिलन कार्की, बिनिता गुरुङ किरण श्रेष्ठ विजया कार्की र विक्रम श्रेष्ठको अभिनय रहनेछ ।
यो नाटक असार १ गतेदेखि ३ गतेसम्म मञ्चन गरिने पोखरा थिएटरका परिवर्तनले जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया