काठमाडाैंमा यात्रु ठग्ने २२ सय ट्याक्सी

काठमाडाैं : काठमाडाैं उपत्यकामा मात्रै दैनिक २ हजार वटा ट्याक्सीले यात्रु ठगिरहेको खुलेको छ । कम्प्युटर विलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान नै नगरि यात्रुबाट जथाभावी रकम असुल्ने र भाडामा जोरजुलुम गर्ने ट्याक्सीको संख्या २ हजारभन्दा बढि छ । 

नेपाल गुणस्तर तथा नापताैल विभागले २०७३ पुस १७ गतेदेखि २०७४ साउन महिनाभित्र सवै ट्याक्सीलार्इ प्रिन्टर मेसिन जडान गर्न निर्देशन दिएको थियो । विभागका अनुसार दर्ता भएका १० हजार ६ सय ४४ ट्याक्सीमध्ये अहिलेसम्म जम्मा ८ हजार ३ सय ५४ ट्याक्सीले मात्र यस्तो मिटर जडान गरेका छन् । बाँकी २ हजार २ सय ९० वटा ट्याक्सीले प्रिन्टर मिटर नै जडान नगरि यात्रु ठगिरहेका छन् । 

दिनानुदिन यात्रु ठगिएको गुनाशो बढेपछि नापताैल विभागले जेठ महिनामा ट्याक्सीमाथि विशेष अभियान चलाएको दाबी गरेको छ । तर यो बीचमा जम्मा २ सय १० वटा ट्याक्सीमाथि मात्र निकै फितलो कारबाही भएको छ । प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलार्इ विभागले १ हजार रूपैयाँ जरिवाना लिएर छाड्दै अाएको छ ।

१ हजार रूपैयाँ जरिवाना तिरेको ट्याक्सीले दैनिक ४ हजार रूपैयाँभन्दा बढि रकम यात्रुबाट ठगिरहेपनि सरकार पनि जरिवानामै सन्तुष्ट देखिएको छ । 

सरकारी समाचार एजेन्सी रासससँग कुरा गर्दै नापताैल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रिन्टर मेसिन जडान नगरेका ट्याक्सीलार्इ ट्राफिक प्रहरीको सहयोगमा विभागको टोलीले अनुगमन गरेको र एक हजार रूपैयाँ जरिवाना तिराउँदै अाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?